कुलमान घिसिङको चरित्र हत्या गर्ने पत्रकारको विषय सामाजिक सञ्जालमा भाईरल
काठमाडौं, २८ बैशाख । पछिल्लो समय कुलमान प्रकरणले सामाजिक सञ्जालमा निकै चर्चा पाईरहेको छ । एलइडी बल्ब खरिद प्रक्रियामा अनियमितता भएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङमाथि गम्भिर आरोप लागेपछि यस विषयले सामाजिक सञ्जालमा स्थान पाएको हो ।
सामाजिक सञ्जालमार्फत कुलमानले अनियमितता गरेको भन्ने पत्रकारलाई देश निकाला गर्नुपर्ने देखि लिएर उनलाई मृत्युदण्ड दिनुपर्ने सम्मका कुरा उठिरहेका छन् । यसैविच एक महिलाले कुलमान घिसिङको चरित्र हत्या गर्ने पत्रकारको मुल्य तोकेकी छिन् ।
शरिन ख्युङ्वा तामाङले कुलमानको चरित्र हत्या गर्ने पत्रकारलाई चिनेर प्रहरी सामु सामु बुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेकी हुन् । आफुलाई श्रमिक शरिन नामले चिनाउने शरिनले आफ्नो फेसबुकमा स्टाटस पोष्ट गर्दै एलईडी बल्ब खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कुलमानको चरित्र हत्या गराउन खोज्ने पत्रकारलाई प्रहरी सामू बुझाएमा ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेकी हुन् ।
उनले फेसबुकमा एक स्टाटस पोष्ट गरेर भनेकि छिन्, ‘कुलमान घिसिङ जि को चरित्र हत्या गर्ने कमिसन खोर दलाल पत्रकारलाई चिनेर गलहत्यार प्रहरि समक्ष बुझाउने जो कोहि वीर नेपाल आमाको सन्तानलाइ यो श्रमिक शरिन ले ५० हजार ईमान दिइनेछ । र जसरी आज कुलमान जिले भ्रष्टाचारि ठहरियमा देश निकाला हुन्छु भन्नुभएको छ ठिक त्यसैगरी त्यो कमिसन खोर दलाल पत्रकारलाई देश निकालागराउनु पर्छ अब हामी नेपाली जनताहरुले ।’
अहिले उक्त कुराले सोसियल साईटमा निकै भाईरल भएको छ । फेसबुक, ट्वीटर लगायतका सोसियल साईटमा उक्त कुराले निकै चर्चा पाईरहेको छ । उक्त महिलाको पोष्टलाई धेरैले साथ दिँदै उक्त पत्रकारलाई मृत्युदण्ड दिनुपर्ने समेत माग गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य गर्न तथा अर्बौको बिजुली बचाउन भन्दै भारतीय कम्पनीसँग सिधै एलईडी बल्ब किन्न लागेको थियो । प्रतिष्पर्धा तथा कुनै बोलपत्र आह्वान नगराई प्राधिकरणले सिधै भारतीय कम्पनीसँग बल्ब किन्न लागेको विषयमा नेपालका केही सञ्चारमाध्यमले विरोध जनाउँदै अनियमितता भएको आरोप लगाएका थिए । उक्त आरोपको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले खण्डन समेत गरेका थिए ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...












