कुलमान घिसिङको चरित्र हत्या गर्ने पत्रकारको विषय सामाजिक सञ्जालमा भाईरल
काठमाडौं, २८ बैशाख । पछिल्लो समय कुलमान प्रकरणले सामाजिक सञ्जालमा निकै चर्चा पाईरहेको छ । एलइडी बल्ब खरिद प्रक्रियामा अनियमितता भएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङमाथि गम्भिर आरोप लागेपछि यस विषयले सामाजिक सञ्जालमा स्थान पाएको हो ।
सामाजिक सञ्जालमार्फत कुलमानले अनियमितता गरेको भन्ने पत्रकारलाई देश निकाला गर्नुपर्ने देखि लिएर उनलाई मृत्युदण्ड दिनुपर्ने सम्मका कुरा उठिरहेका छन् । यसैविच एक महिलाले कुलमान घिसिङको चरित्र हत्या गर्ने पत्रकारको मुल्य तोकेकी छिन् ।
शरिन ख्युङ्वा तामाङले कुलमानको चरित्र हत्या गर्ने पत्रकारलाई चिनेर प्रहरी सामु सामु बुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेकी हुन् । आफुलाई श्रमिक शरिन नामले चिनाउने शरिनले आफ्नो फेसबुकमा स्टाटस पोष्ट गर्दै एलईडी बल्ब खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कुलमानको चरित्र हत्या गराउन खोज्ने पत्रकारलाई प्रहरी सामू बुझाएमा ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेकी हुन् ।
उनले फेसबुकमा एक स्टाटस पोष्ट गरेर भनेकि छिन्, ‘कुलमान घिसिङ जि को चरित्र हत्या गर्ने कमिसन खोर दलाल पत्रकारलाई चिनेर गलहत्यार प्रहरि समक्ष बुझाउने जो कोहि वीर नेपाल आमाको सन्तानलाइ यो श्रमिक शरिन ले ५० हजार ईमान दिइनेछ । र जसरी आज कुलमान जिले भ्रष्टाचारि ठहरियमा देश निकाला हुन्छु भन्नुभएको छ ठिक त्यसैगरी त्यो कमिसन खोर दलाल पत्रकारलाई देश निकालागराउनु पर्छ अब हामी नेपाली जनताहरुले ।’
अहिले उक्त कुराले सोसियल साईटमा निकै भाईरल भएको छ । फेसबुक, ट्वीटर लगायतका सोसियल साईटमा उक्त कुराले निकै चर्चा पाईरहेको छ । उक्त महिलाको पोष्टलाई धेरैले साथ दिँदै उक्त पत्रकारलाई मृत्युदण्ड दिनुपर्ने समेत माग गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य गर्न तथा अर्बौको बिजुली बचाउन भन्दै भारतीय कम्पनीसँग सिधै एलईडी बल्ब किन्न लागेको थियो । प्रतिष्पर्धा तथा कुनै बोलपत्र आह्वान नगराई प्राधिकरणले सिधै भारतीय कम्पनीसँग बल्ब किन्न लागेको विषयमा नेपालका केही सञ्चारमाध्यमले विरोध जनाउँदै अनियमितता भएको आरोप लगाएका थिए । उक्त आरोपको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले खण्डन समेत गरेका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












