महोत्तरीका दुई गाउँपालिकामा जङ्गली सुँगुर आतङ्क, तरकारी बाली शखाप
महोत्तरी, २९ बैशाख । जिल्लाको एकडारा र मनरा गाउँपालिकामा अहिले जङ्गली सुँगुरले आतङ्क मच्चाएका छन् । केही दिनदेखि अचानक देखापरेका २०/२५ वटाको समूहमा रहेका ती सुँगुरको समूहले एकडारा र मनरा गाउँपालिकाको चारैतिर खेतबारीमा लगाइएको लाखौँको उखु, फलफूल र तरकारी बालीलाई क्षति पुर्याइरहेको स्थानीयवासीले बताएका छन् ।
यसअघि कहिले नदेखिएका लामो चुच्चो परेको मुख भएका सुँगुर एकडारा र मनराका १५/२० बिघाभन्दा बढीमा लगाइएको उखुको जरा काटिदिने, आधा बोट काटिदिने गर्नाले अधिकांश उखु नष्ट भएको मनराका रवीन्द्र भगतले बताए ।
त्यसैगरी, सुँगुरले ५०र६० बिघामा लगाइएको लौका, फर्सी, बोडी, भिन्डी, टमाटरलगायत विभिन्न किसिमको तरकारी बाली र तरबुजा, काँक्रो, केरालगायत फलफूल खाइदिने तथा जथाभावीरुपमा खेतबारी खनेर क्षति पु¥याउने गरेको एकडाराका गोपाल झाले बताए ।
यसअघि कहिले नदेखिएका ती सुँगुरको समूहले खेतबारीमा क्षति पुर्याइरहँदा पीडित किसानले धपाउन जाँदा समूहमै सुँगुरले किसानलाई पनि लखेट्ने गरेको र अत्यधिक तीव्रगतिमा मानिसतिरै आइलाग्नाले किसानलाई त्रसित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।
दर्जनौँको समूहमा रहेका ती जङ्गली सुँगुरले अहिले त्यस क्षेत्रका एकडारा र मनरा गाउँपालिकाभित्र रहेका मनरा, एकडारा, कट्टिकटैया, इटहर्वाकट्टी, साँढा, भटौलिया, भङ्गहिया, पर्सा, सहसराम, भोलही सहितका गाउँमा लाखौँको क्षति पुर्याउँदै स्थानीयस्तरमा आतङ्क मच्चाएको सर्वसाधारणको गुनासो रहेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












