महोत्तरीका दुई गाउँपालिकामा जङ्गली सुँगुर आतङ्क, तरकारी बाली शखाप
महोत्तरी, २९ बैशाख । जिल्लाको एकडारा र मनरा गाउँपालिकामा अहिले जङ्गली सुँगुरले आतङ्क मच्चाएका छन् । केही दिनदेखि अचानक देखापरेका २०/२५ वटाको समूहमा रहेका ती सुँगुरको समूहले एकडारा र मनरा गाउँपालिकाको चारैतिर खेतबारीमा लगाइएको लाखौँको उखु, फलफूल र तरकारी बालीलाई क्षति पुर्याइरहेको स्थानीयवासीले बताएका छन् ।
यसअघि कहिले नदेखिएका लामो चुच्चो परेको मुख भएका सुँगुर एकडारा र मनराका १५/२० बिघाभन्दा बढीमा लगाइएको उखुको जरा काटिदिने, आधा बोट काटिदिने गर्नाले अधिकांश उखु नष्ट भएको मनराका रवीन्द्र भगतले बताए ।
त्यसैगरी, सुँगुरले ५०र६० बिघामा लगाइएको लौका, फर्सी, बोडी, भिन्डी, टमाटरलगायत विभिन्न किसिमको तरकारी बाली र तरबुजा, काँक्रो, केरालगायत फलफूल खाइदिने तथा जथाभावीरुपमा खेतबारी खनेर क्षति पु¥याउने गरेको एकडाराका गोपाल झाले बताए ।
यसअघि कहिले नदेखिएका ती सुँगुरको समूहले खेतबारीमा क्षति पुर्याइरहँदा पीडित किसानले धपाउन जाँदा समूहमै सुँगुरले किसानलाई पनि लखेट्ने गरेको र अत्यधिक तीव्रगतिमा मानिसतिरै आइलाग्नाले किसानलाई त्रसित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।
दर्जनौँको समूहमा रहेका ती जङ्गली सुँगुरले अहिले त्यस क्षेत्रका एकडारा र मनरा गाउँपालिकाभित्र रहेका मनरा, एकडारा, कट्टिकटैया, इटहर्वाकट्टी, साँढा, भटौलिया, भङ्गहिया, पर्सा, सहसराम, भोलही सहितका गाउँमा लाखौँको क्षति पुर्याउँदै स्थानीयस्तरमा आतङ्क मच्चाएको सर्वसाधारणको गुनासो रहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












