अमेरिकी राजदूत निकी भन्छिन्, ‘किम जोंग उनमाथि पागलपन सवार छ’
काठमाडौं, १ जेठ । संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियाली नेता किम जोंग–उनमाथि ‘पागलपन’ सवार भएको बताएकी छिन् । हेलीको यो टिप्पणी आइतबार उत्तर कोरियाले अर्को एक परमाणु परिक्षणपश्चात् दिएकी हुन् । हेलीले एबीसी न्यूजसँगको कुराकानीमा उक्त परमाणु परीक्षण दक्षिण कोरियाका नयाँ दक्षिण कोरियाका नयाँ राष्ट्रपतिलाई सन्देश दिनका लागि गरेका हुन् । अमेरिकाले उत्तर कोरियामाथिको ‘कडा निगरानी’ जारी राख्ने उनले बताएकी छिन् ।
जापानी अधिकारीका अनुसार उत्तर कोरियाले कुसोंगबाट परमाणु छोडे जुन हावामा २ हजार किलोमिटरको उचाईंसम्म पुगेको थियो । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जे–इनले सत्ता सम्हालेपछि उत्तर कोरियासँगको सम्बन्ध सुधार्न संकेत दिएका थिए । जे–इनले उत्तर कोरियाको यो कारवाही ‘उक्साउने किसिमको’ बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाविरुद्ध सख्त प्रतिबन्ध लगाउने अपिल गरेको छ जबकी चीनले संयमता अपनाउने आग्रह गरेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रतिबन्धका बाबजूद उत्तर कोरियाले यो वर्ष एकपछि अर्को गरी थुप्रै परमाणु परिक्षण गरेको छ । उत्तर कोरियाले पछिल्लो महिना पनि दुईवटा परमाणु परिक्षण गरेका थिए । यद्यपी, ती असफल भएका थिए र परिक्षण गरेको केही समयपश्चात् नै यी रकेट बिस्फोट भएका थिए ।
उत्तर कोरियाले आफू अमेरिकासँग कुराकानी गर्न चाहेको तर यसका लागि स्थिती नियन्त्रणमा हुनुपर्ने बताएको थियो । उत्तर कोरियाभन्दा पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सही परिस्थितीमा किम जोंग उनसँग भेटघाट गर्दा उनलाई खुसी लाग्नेछ । तर हेलीले ट्रम्पसँग भेटघाट गर्नका लागि परमाणु परिक्षण सही तरिका नभएको बताएकी छिन् । उनले भनिन्, ‘जबसम्म उनले हाम्रा शर्त पूरा गर्दैनन्, हामी उनीसँग कुराकानी गर्ने छैनौं ।’
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












