यी हुन्, ९२ नगरपालिकामा चुनाव हुँदा पुरुषलाई हराउँदै मेयरमा चुनिएका ३ महिला
काठमाडौं, ५ जेठ । पहिलो चरणमा २८३ स्थानीय तहमध्ये ४ महानगरपालिका र ९२ नगरपालिकामा निर्वाचन भयो । अहिले त्यसको मत गणनाको कार्य पनि जारी छ । अहिले सम्म अधिंकाश स्थानीय तहको उपप्रमुखमा महिला उम्मेदवार विजयी भएका छन् । कुनै कुनै स्थानीय तहको प्रमुखमा पनि महिला निर्वाचित भए ।
केही वडाअध्यक्ष, गाउँपालिका प्रमुख, नगरपालिका मेयरमा महिला निर्वाचित भएका छन् । महानगरमा भने महिलाले जित्ने सम्भावना न्यून छ । भरतपुरमा रेणु दाहाल बाहेक महानगरपालिकामा मेयर जित्ने सम्भावना भएका कुनै पनि दलले महिला उम्मेदवार दिएका छैनन् ।
पोखरामा राप्रपाकी गीता गुरुङ मेयरको प्रतिस्पर्धामा धेरै पछाडि परिसकेकी छन् । काठमाडौंमा विवेकशील दलकी रन्जु दर्शना तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेकी छन् । पहिलो चरणमा निर्वाचन भएको एकमात्र उपमहानगरपालिका हेटौंडामा पुरुषबीच नै प्रतिस्पर्धा भइरहेको छ ।
९२ नगरपालिकामध्ये मेयर जित्ने महिला तीनजनामात्र भएका छन् । पुरुषसँग प्रतिस्पर्धा गरेर मेयर जित्ने महिलामा जुम्ला चन्दननाथ नगरपालिकाकी कान्तिका सेजुवाल, नवलपरासी कावासोती नगरपालिकाकी चन्द्रा पुन र स्याङ्जा पुतलीबजारकी सीमी क्षेत्री हुन् । यी मध्ये चन्द्रा पुन र सीमा क्षेत्री एमालेका हुन् भने कान्तिका सेजुवाल कांग्रेसकी हुन् । मेयरको प्रतिस्पर्धामा रहेका केही महिलाहरु बिजयी हुन सकेनन् ।
चन्द्रा पुन, कावासोती नगरपालिका मेयर
नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा निर्वाचित चन्द्रा पुन संघर्षशील महिला नेतृ हुन् । मधेसी, थारु र पहाडे मिश्रति बसोबास रहेको कावासोती जस्तो ठूलो नगरपालिकामा मेयर जित्न उनले निकै कठिन प्रतिस्पर्धा गरिन् ।
राजनीतिमा लागेर निरन्तर महिला आन्दोलनको अगुवाई गरेकी पुन अविवाहित हुन् । उनको इमान्दारिता, निरन्तरता र पार्टीमा क्रियाशीलता नै मेयर जित्ने आधार बन्यो । चन्द्राले १३ हजार ४१ मत प्राप्त गरी कांग्रेसका महेन्द्र पोखरेललाई पराजित गरेकी हुन् ।
सीमा क्षेत्री, पुतलीबजार नगरपालिका मेयर
स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा निर्वाचित सीमा क्षेत्री पनि संघर्षशील महिला नेतृ हुन् । उनी शिक्षकबाट अवकाश भएपछि एमालेको राजनीतिमा सक्रिय भएकी हुन् ।
शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष समेत भइसकेकी क्षेत्री अहिले एमालेको प्रदेश कमिटी सदस्य छिन् । उनले १० हजार २४९ मत प्राप्त गरेर पुतलीबजार नगरपालिकाको मेयर जित्दा कांग्रेसका प्रभावशाली नेता तुलसीराम रेग्मी १० हजार २० मतमा रोकिए ।
कान्तिका सेजुवाल, चन्दननाथ नगरपालिका मेयर
कर्णाली जस्तो पिछडिएको क्षेत्रबाट मेयर निर्वाचित भएकी कान्तिका सेजुवाल पनि अहिले चर्चामा छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित कान्तिका सेजुवाल कांग्रेसका पूर्व जिल्ला सभापति मानव सेजुवालकी पत्नी हुन् ।
जुम्लाका लोकप्रिय नेता सेजुवालको विमान दुर्घटनामा मृत्यु भएको थियो । कान्तिकाले चन्दननाथ नगरपालिकाको मेयरमा २ हजार ७७७ मत प्राप्त गरी एमालेका शान्तिलाल महतलाई पराजित गरेकी हुन् ।
महिला मेयरलाई चुनौति कत्तिको ?
सामान्यतया हाम्रो जस्तो पुरुषवादी सोच हावी भएको समाजमा महिलालाई स्थापित हुन पक्कै पनि सजिलो छैन् । चुलो र चौको तथा घरधन्दामा मात्र सिमित पारिएका महिलावर्गलाई अहिले नेपालको राजनीतिदेखि लिएर सबै क्षेत्रले समेत प्राथमिकता दिईरहेको छ । यसका विभिन्न उदाहरण छन् ।
महिलाले मात्रै पनि पुरुषभन्दा बढी गर्न सक्छन्, भन्ने सोचको विस्तारै विकास हुँदै गएको छ । यो आफैमा सकारात्मक हो । अहिले नेपालमा महिलाले गाउँघर त के देशै हाकिरहेका छन् । नगरको विकास गर्न भन्दै चुनावमा होमिएर जनताको साथ समर्थन पाएका महिला मेयरलाई पनि विभिन्न चुनौती रहेका छन् ।
एकातिर सबैक्षेत्र पुरुष तथा पुरुषवादी सोच रहेको छ भने अर्को तिर महिलालेले पनि के गर्न सक्छ भन्ने धारणा छ । महिला मेयरले यी सबैलाई पन्छ्याउँदै अगाडी बढ्नुपर्ने देखिन्छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












