यी हुन्, ९२ नगरपालिकामा चुनाव हुँदा पुरुषलाई हराउँदै मेयरमा चुनिएका ३ महिला
काठमाडौं, ५ जेठ । पहिलो चरणमा २८३ स्थानीय तहमध्ये ४ महानगरपालिका र ९२ नगरपालिकामा निर्वाचन भयो । अहिले त्यसको मत गणनाको कार्य पनि जारी छ । अहिले सम्म अधिंकाश स्थानीय तहको उपप्रमुखमा महिला उम्मेदवार विजयी भएका छन् । कुनै कुनै स्थानीय तहको प्रमुखमा पनि महिला निर्वाचित भए ।
केही वडाअध्यक्ष, गाउँपालिका प्रमुख, नगरपालिका मेयरमा महिला निर्वाचित भएका छन् । महानगरमा भने महिलाले जित्ने सम्भावना न्यून छ । भरतपुरमा रेणु दाहाल बाहेक महानगरपालिकामा मेयर जित्ने सम्भावना भएका कुनै पनि दलले महिला उम्मेदवार दिएका छैनन् ।
पोखरामा राप्रपाकी गीता गुरुङ मेयरको प्रतिस्पर्धामा धेरै पछाडि परिसकेकी छन् । काठमाडौंमा विवेकशील दलकी रन्जु दर्शना तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेकी छन् । पहिलो चरणमा निर्वाचन भएको एकमात्र उपमहानगरपालिका हेटौंडामा पुरुषबीच नै प्रतिस्पर्धा भइरहेको छ ।
९२ नगरपालिकामध्ये मेयर जित्ने महिला तीनजनामात्र भएका छन् । पुरुषसँग प्रतिस्पर्धा गरेर मेयर जित्ने महिलामा जुम्ला चन्दननाथ नगरपालिकाकी कान्तिका सेजुवाल, नवलपरासी कावासोती नगरपालिकाकी चन्द्रा पुन र स्याङ्जा पुतलीबजारकी सीमी क्षेत्री हुन् । यी मध्ये चन्द्रा पुन र सीमा क्षेत्री एमालेका हुन् भने कान्तिका सेजुवाल कांग्रेसकी हुन् । मेयरको प्रतिस्पर्धामा रहेका केही महिलाहरु बिजयी हुन सकेनन् ।
चन्द्रा पुन, कावासोती नगरपालिका मेयर
नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा निर्वाचित चन्द्रा पुन संघर्षशील महिला नेतृ हुन् । मधेसी, थारु र पहाडे मिश्रति बसोबास रहेको कावासोती जस्तो ठूलो नगरपालिकामा मेयर जित्न उनले निकै कठिन प्रतिस्पर्धा गरिन् ।
राजनीतिमा लागेर निरन्तर महिला आन्दोलनको अगुवाई गरेकी पुन अविवाहित हुन् । उनको इमान्दारिता, निरन्तरता र पार्टीमा क्रियाशीलता नै मेयर जित्ने आधार बन्यो । चन्द्राले १३ हजार ४१ मत प्राप्त गरी कांग्रेसका महेन्द्र पोखरेललाई पराजित गरेकी हुन् ।
सीमा क्षेत्री, पुतलीबजार नगरपालिका मेयर
स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा निर्वाचित सीमा क्षेत्री पनि संघर्षशील महिला नेतृ हुन् । उनी शिक्षकबाट अवकाश भएपछि एमालेको राजनीतिमा सक्रिय भएकी हुन् ।
शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष समेत भइसकेकी क्षेत्री अहिले एमालेको प्रदेश कमिटी सदस्य छिन् । उनले १० हजार २४९ मत प्राप्त गरेर पुतलीबजार नगरपालिकाको मेयर जित्दा कांग्रेसका प्रभावशाली नेता तुलसीराम रेग्मी १० हजार २० मतमा रोकिए ।
कान्तिका सेजुवाल, चन्दननाथ नगरपालिका मेयर
कर्णाली जस्तो पिछडिएको क्षेत्रबाट मेयर निर्वाचित भएकी कान्तिका सेजुवाल पनि अहिले चर्चामा छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित कान्तिका सेजुवाल कांग्रेसका पूर्व जिल्ला सभापति मानव सेजुवालकी पत्नी हुन् ।
जुम्लाका लोकप्रिय नेता सेजुवालको विमान दुर्घटनामा मृत्यु भएको थियो । कान्तिकाले चन्दननाथ नगरपालिकाको मेयरमा २ हजार ७७७ मत प्राप्त गरी एमालेका शान्तिलाल महतलाई पराजित गरेकी हुन् ।
महिला मेयरलाई चुनौति कत्तिको ?
सामान्यतया हाम्रो जस्तो पुरुषवादी सोच हावी भएको समाजमा महिलालाई स्थापित हुन पक्कै पनि सजिलो छैन् । चुलो र चौको तथा घरधन्दामा मात्र सिमित पारिएका महिलावर्गलाई अहिले नेपालको राजनीतिदेखि लिएर सबै क्षेत्रले समेत प्राथमिकता दिईरहेको छ । यसका विभिन्न उदाहरण छन् ।
महिलाले मात्रै पनि पुरुषभन्दा बढी गर्न सक्छन्, भन्ने सोचको विस्तारै विकास हुँदै गएको छ । यो आफैमा सकारात्मक हो । अहिले नेपालमा महिलाले गाउँघर त के देशै हाकिरहेका छन् । नगरको विकास गर्न भन्दै चुनावमा होमिएर जनताको साथ समर्थन पाएका महिला मेयरलाई पनि विभिन्न चुनौती रहेका छन् ।
एकातिर सबैक्षेत्र पुरुष तथा पुरुषवादी सोच रहेको छ भने अर्को तिर महिलालेले पनि के गर्न सक्छ भन्ने धारणा छ । महिला मेयरले यी सबैलाई पन्छ्याउँदै अगाडी बढ्नुपर्ने देखिन्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












