विश्वका पौने ४ करोड स्मार्टफोन ‘जुडी’ भाइरसको चपेटामा
काठमाडौं । विश्वका करोडौँ स्मार्टफोनहरु एक नयाँ भाइरस ‘जुडी’ को चपेटामा पर्ने देखिएको छ । साइबर सुरक्षा सम्बन्धी कम्पनी चेकप्वाइन्टले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार ८५ लाख देखि ३ करोड ६५ लाख सम्म एन्ड्रोइड स्मार्टफोन जुडी मालवेयरको आक्रमणमा पर्ने खतरा छ ।
जुडी एउटा आफै क्लिक हुने विज्ञापनरुपी भाइरस अर्थात् एयवेयर हो । कोरियाली कम्पनीद्वारा विकशित विभिन्न ४१ वटा एपमा यो मालवेयर पाइएको छ । यो भाइरसले आफ्नो चपेटामा पारेका स्मार्टफोनहरुको माध्यमबाट विभिन्न विज्ञापनहरुमा ठूलो संख्यामा नक्कली क्लिक गर्दछ, ता की यस्ता एप बनाउनेहरुले क्लिकको आधारमा विज्ञापनदाताबाट रकम कमाउन सक्छन् ।
अहिलेसम्म यो भाइरसको आक्रमणबाट कुन कुन देशका स्मार्टफोनहरु प्रभावित भएका छन् भन्ने चाहीँ खुलेको छैन । चेकप्वाइन्टको सिफारिसमा गुगलले प्ले स्टोरबाट यस्ता मालवेयरयुक्त एप्स हटाइदिएको छ ।
यसअघि यहीँ महिना वानाक्राई नामक फिरौती माग्ने भाइरसले विश्वका १ सय भन्दा धेरै देशमा हमला गरेको थियो । उक्त भाइरुसले रुस, बेलायत समेत कैयन् देशका कम्प्युटरलाई संक्रमित बनाएको थियो । उसले एक्स्पी जस्ता पूराना अपरेटिङ सिस्टमवाला कम्प्युटरलाई बढि निसाना बनाएको थियो ।
साइबर हमलाकारीले वानाक्राइको सहायताले कम्प्युटरका फाइल तथा डाटाहरुलाई लक गर्दथे । वानाक्राइको आक्रमणमा पर्ने कम्प्युटरको स्त्रिmनमा एक मेसेज लेखिएको हुन्थ्यो । जसमा साइबर हमलाकारीले लक गरिएका कम्प्युटर डाटालाई अनलक गर्न फिरौति माग गरेका हुन्थे ।
पछिल्लो विज्ञापन भाइरस जुडीले चाहीँ स्मार्टफोन प्रयोगकर्तालाई प्रत्यक्ष रुपमा कुनै आर्थिक नोक्सानी नपूराउने भएतापनि प्रयोगकर्ताको स्मार्टफोनमा इन्स्टल भएर एपहरुमा देखिने विज्ञापनहरुमा अनावश्यक रुपमा निरन्तर क्लिक गरिदिन्छ । यसबाट हमलाकारीले स्मार्टफोन प्रयोगकर्ताको नाम बेचेर अनुचित रुपमा विज्ञापनदाताबाट आर्थिक लाभ लिन पाउँछन् ।
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












