यस्ता छन्, नगरपालिका तथा गाउँपालिका प्रमुखले गर्नुपर्ने कामहरु (सूचिसहित)
काठमाडौं, १८ जेठ । गाउँपालिका तथा नगरपालिका प्रमुखले गर्नुपर्ने कामबारे नीतिगत निर्णय गरिएको छ । मन्त्रिपरिषदको बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्वन्धी आदेश २०७४ जारी गरेको छ ।
स्थानीय विकास मन्त्रालयले तयार गरेको उक्त आदेशलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो । स्थानीय तहको निर्वाचन भइसकेपछि निर्वाचित पदाधिकारीहरुवीच कार्यविभाजन र सम्पादनमा समस्या नआओस् भन्नका लागि मन्त्रालयले यस्तो आदेश जारी गरेको हो । स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार सरकारले जननिर्वाचित प्रतिनिधिले एकअर्काको समन्वयमा काम गर्नुपर्ने हुन्छ ।
गाउँपालिका प्रमुख र मेयरका ९ काम
१. प्रमुख वा मेयरले सभा र कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्नुपर्नेछ । यस्तै बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने काम पनि प्रमुख वा मेयरले गर्नुपर्ने ।
२. प्रमुख वा मेयरले गाउँपालिका वा नगरपालिकाको आवधिक वा बार्षिक कार्यक्रम वा बजेट तयार गरी सभामा पेश गर्नेछ । गाउँसभा वा नगरसभाको आह्वान र समापन गर्ने अधिकार पनि प्रमुख वा मेयरमा निहित हुनेछ ।
३. प्रमुख वा मेयरले उपप्रमुख वा उपमेयर, कार्यपालिकाका सदस्यहरुलाई कार्यविभाजन नियमावली अनुसार कार्य जिम्मेवारी बाँडफाँड गर्नेछ । सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने र गराउने, अनुगमन तथा मूल्यांकन एवं समीक्षा गर्ने गराउने काम पनि पनि प्रमुख वा मेयरको जिम्मेवारीभित्र पर्छ ।
४. कार्यपालिकाको दैनिक कामको रेखदेख गर्ने, निर्देशन र नियन्त्रण गर्ने काममा ध्यान दिनुपर्नेछ । उपप्रमुख वा उपमेयर र सदस्यहरुलाई काजमा खटाउने, आफ्नो स्थानीय तहभित्रको चलअचल सम्पत्ति हेरविचार तथा मर्मत सम्भार गर्ने गराउने, आम्दानी, खर्च, हिसाब र अन्य अभिलेख कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने काम पनि प्रमुख वा मेयरले गर्नुपर्नेछ ।
५. प्रमुख वा मेयरले कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, विषयगत विभाग–महाशाखा, शाखा प्रमुखहरुसँग कार्यसम्पादन करार गर्न सक्नेछन् । यसको अर्थ स्थानीय तहको काम तथा सेवा वितरणलाई प्रभावकारी बनाउन निर्वाचित पदाधिकारी तथा सदस्य र कर्मचारीहरुसँग पनि कार्यसम्पादन करार गर्न सक्नेछ । आफ्नो स्थानीय तहभित्र कुनै विकास निर्माण वा सेवासँग सम्वन्धित कामबारे अन्य स्थानीय तह वा प्रदेशसँग समन्वयन गर्ने काम पनि प्रमुख वा मेयरले गर्नुपर्ने आदेशमा उल्लेख छ ।
६. विपद् पूर्वतयारी योजना निर्माण गर्ने, स्थानीय तहले गरिहेका कामको मासिक प्रतिवेदन तयार गर्ने, त्यसको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने, आफ्नो क्षेत्रभित्र वस्तु आयात र निर्यातको व्यवस्था गर्ने, आफ्नो क्षेत्रभित्र सञ्चालन भएका राष्ट्रिय र अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको अनुगमन गर्ने, नियन्त्रण र निर्देशन दिने अधिकार पनि प्रमुख वा मेयरलाई दिइएको छ । स्थानीय तहभित्र कामको ज्याला तथा निर्माण सामाग्रीको दररेट तोक्ने काम पनि स्थानीय तहको प्रमुख वा मेयरले गर्नुपर्नेछ ।
७. आफ्नो क्षेत्रभित्र रहेका अव्यवस्थित वस्तीको व्यवस्थापन गर्ने, सरकारी जमिन, ऐलानी जमिन वा पर्ती जमीनमा भएको अतिक्रमण नियन्त्रण गर्ने जिम्मा पनि आदेशले प्रमुख वा मेयरलाई दिएको छ । यसैगरी राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्था र निजी क्षेत्रवीच आपसी समन्वयन गर्ने, समाजको सांस्कृतिक तथा आर्थिक विचलन तथा सामाजिक कुरीति नियन्त्रण गर्ने काम पनि प्रमुख वा मेयरले गर्नुपर्नेछ । यस्तै स्थानीय तहको आन्तरिक आयस्रोत बढाउने कार्ययोजना पनि मेयर वा प्रमुखले गर्नेछ ।
८. आफ्नो स्थानीय तहभित्र कुनै पनि बहानामा हुने सिन्डिकेट, कार्टेलिङ, कालोबजारी तथा कार्य रोक्ने काम प्रमुख वा मेयरको हो । उसले आफ्नो क्षेत्रभित्र सुशासन तथा सदाचार नीति तर्जुमा गर्नुपर्नेछ । गाउँपालिकाभित्र जथाभावी जग्गा प्लटिङ वा कानुन विपरीत हुने भूउपयोग रोक्ने, प्राकृतिक स्रोतको संरक्षण र प्रयोग गर्ने सम्वन्धी नीति बनाएर कार्यान्वयन गर्ने काम पनि प्रमुख वा मेयरको हुनेछ ।
९. यस्तै गाउँपालिका प्रमुख वा नगरपालिकाको मेयरले तीन दिनभन्दा बढी समयका लागि आफ्नो तहभन्दा बाहिर जानु पर्दा उपप्रमुख वा उपमेयरलाई कार्यभार सुम्पिनु पर्ने व्यवस्था आदेशमा उल्लेख छ ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












