यस्ता छन्, नगरपालिका तथा गाउँपालिका प्रमुखले गर्नुपर्ने कामहरु (सूचिसहित)
काठमाडौं, १८ जेठ । गाउँपालिका तथा नगरपालिका प्रमुखले गर्नुपर्ने कामबारे नीतिगत निर्णय गरिएको छ । मन्त्रिपरिषदको बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्वन्धी आदेश २०७४ जारी गरेको छ ।
स्थानीय विकास मन्त्रालयले तयार गरेको उक्त आदेशलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो । स्थानीय तहको निर्वाचन भइसकेपछि निर्वाचित पदाधिकारीहरुवीच कार्यविभाजन र सम्पादनमा समस्या नआओस् भन्नका लागि मन्त्रालयले यस्तो आदेश जारी गरेको हो । स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार सरकारले जननिर्वाचित प्रतिनिधिले एकअर्काको समन्वयमा काम गर्नुपर्ने हुन्छ ।
गाउँपालिका प्रमुख र मेयरका ९ काम
१. प्रमुख वा मेयरले सभा र कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्नुपर्नेछ । यस्तै बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने काम पनि प्रमुख वा मेयरले गर्नुपर्ने ।
२. प्रमुख वा मेयरले गाउँपालिका वा नगरपालिकाको आवधिक वा बार्षिक कार्यक्रम वा बजेट तयार गरी सभामा पेश गर्नेछ । गाउँसभा वा नगरसभाको आह्वान र समापन गर्ने अधिकार पनि प्रमुख वा मेयरमा निहित हुनेछ ।
३. प्रमुख वा मेयरले उपप्रमुख वा उपमेयर, कार्यपालिकाका सदस्यहरुलाई कार्यविभाजन नियमावली अनुसार कार्य जिम्मेवारी बाँडफाँड गर्नेछ । सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने र गराउने, अनुगमन तथा मूल्यांकन एवं समीक्षा गर्ने गराउने काम पनि पनि प्रमुख वा मेयरको जिम्मेवारीभित्र पर्छ ।
४. कार्यपालिकाको दैनिक कामको रेखदेख गर्ने, निर्देशन र नियन्त्रण गर्ने काममा ध्यान दिनुपर्नेछ । उपप्रमुख वा उपमेयर र सदस्यहरुलाई काजमा खटाउने, आफ्नो स्थानीय तहभित्रको चलअचल सम्पत्ति हेरविचार तथा मर्मत सम्भार गर्ने गराउने, आम्दानी, खर्च, हिसाब र अन्य अभिलेख कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने काम पनि प्रमुख वा मेयरले गर्नुपर्नेछ ।
५. प्रमुख वा मेयरले कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, विषयगत विभाग–महाशाखा, शाखा प्रमुखहरुसँग कार्यसम्पादन करार गर्न सक्नेछन् । यसको अर्थ स्थानीय तहको काम तथा सेवा वितरणलाई प्रभावकारी बनाउन निर्वाचित पदाधिकारी तथा सदस्य र कर्मचारीहरुसँग पनि कार्यसम्पादन करार गर्न सक्नेछ । आफ्नो स्थानीय तहभित्र कुनै विकास निर्माण वा सेवासँग सम्वन्धित कामबारे अन्य स्थानीय तह वा प्रदेशसँग समन्वयन गर्ने काम पनि प्रमुख वा मेयरले गर्नुपर्ने आदेशमा उल्लेख छ ।
६. विपद् पूर्वतयारी योजना निर्माण गर्ने, स्थानीय तहले गरिहेका कामको मासिक प्रतिवेदन तयार गर्ने, त्यसको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने, आफ्नो क्षेत्रभित्र वस्तु आयात र निर्यातको व्यवस्था गर्ने, आफ्नो क्षेत्रभित्र सञ्चालन भएका राष्ट्रिय र अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको अनुगमन गर्ने, नियन्त्रण र निर्देशन दिने अधिकार पनि प्रमुख वा मेयरलाई दिइएको छ । स्थानीय तहभित्र कामको ज्याला तथा निर्माण सामाग्रीको दररेट तोक्ने काम पनि स्थानीय तहको प्रमुख वा मेयरले गर्नुपर्नेछ ।
७. आफ्नो क्षेत्रभित्र रहेका अव्यवस्थित वस्तीको व्यवस्थापन गर्ने, सरकारी जमिन, ऐलानी जमिन वा पर्ती जमीनमा भएको अतिक्रमण नियन्त्रण गर्ने जिम्मा पनि आदेशले प्रमुख वा मेयरलाई दिएको छ । यसैगरी राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्था र निजी क्षेत्रवीच आपसी समन्वयन गर्ने, समाजको सांस्कृतिक तथा आर्थिक विचलन तथा सामाजिक कुरीति नियन्त्रण गर्ने काम पनि प्रमुख वा मेयरले गर्नुपर्नेछ । यस्तै स्थानीय तहको आन्तरिक आयस्रोत बढाउने कार्ययोजना पनि मेयर वा प्रमुखले गर्नेछ ।
८. आफ्नो स्थानीय तहभित्र कुनै पनि बहानामा हुने सिन्डिकेट, कार्टेलिङ, कालोबजारी तथा कार्य रोक्ने काम प्रमुख वा मेयरको हो । उसले आफ्नो क्षेत्रभित्र सुशासन तथा सदाचार नीति तर्जुमा गर्नुपर्नेछ । गाउँपालिकाभित्र जथाभावी जग्गा प्लटिङ वा कानुन विपरीत हुने भूउपयोग रोक्ने, प्राकृतिक स्रोतको संरक्षण र प्रयोग गर्ने सम्वन्धी नीति बनाएर कार्यान्वयन गर्ने काम पनि प्रमुख वा मेयरको हुनेछ ।
९. यस्तै गाउँपालिका प्रमुख वा नगरपालिकाको मेयरले तीन दिनभन्दा बढी समयका लागि आफ्नो तहभन्दा बाहिर जानु पर्दा उपप्रमुख वा उपमेयरलाई कार्यभार सुम्पिनु पर्ने व्यवस्था आदेशमा उल्लेख छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












