अब फेसबुकमा ‘लाइक’ गन्न छाड्नुस्, कारण यस्तो छ
काठमाडौं । आफुले फेसबुकमा राखेको स्टाटस वा अपलोड गरेका फोटोहरुमा लाइक तथा कमेन्टको ओइरो लागोस् भन्ने चाहना कसको नहोला ? फेसबुकमा स्टाटस अपडेट गरिसकेपछि धेरैको ध्याउन्न भनेको त्यसमा लाइक र कमेन्टको चियो गर्नुमै हुन्छ । तर एक अध्ययनले चाहीँ यसरी फेसबुकमा लाइक गन्नुको कुनै तुक नरहेको प्रष्ट पारेको छ ।
फेसबुके पोष्टहरुमा आउने लाइकले प्रयोगकर्तालाई आफ्नो बारेमा राम्रो अनुभुति गर्न वा मूडमा सुधार गर्न कुनै सहयोग नगर्ने एक अध्ययनले ठहर गरेको छ । ब्रिटिस साइकोलोजीकल सोसाइटीको वाषिर्क सम्मेलनमा पेश भएको एक अध्ययन रिपोर्ट अनुसार मानिस खराब मूडमा रहेको अवस्थामा उसको मूडमा सुधार गर्न वा सकारात्मक अनुभुति प्रदान गर्नका लागि सोसल मिडियामा आउने लाइकले तात्विक भूमिका निर्वाह गर्दैन ।
शोधकर्ताहरुका अनुसार फेसबुकमा बढि भन्दा बढि लाइक पाउनका लागि हारगुहार लगायतका अनेक उपाय गर्ने मानिसहरुको आत्मसम्मान कमजोर हुने गरेको पाइएको छ । साथै कम लाइक वा कमेन्ट आएको आधारमा फेसबुकमा अपलोड गरिसकेका फोटोहरु डिलिट गर्ने तथा बढि लाइक पाएका फोटोलाई प्रोफाइल पिक्चर बनाउने सोसल मिडिया प्रयोगकर्ताहरुमा पनि आत्मसम्मानको कमी रहने गरेको शोधकर्ताको भनाई छ ।
शोधकर्ताहरुले फेसबुक र ट्विटरमा आबद्ध ३ सय ४० जना मानिसहरुलाई विभिन्न प्रश्नावली भर्न लगाएर अध्ययन गरेका थिए । साथै सोसल मिडियामा भाउ दिनुलाई उनीहरुले कसरी लिन्छन् भन्ने बुझ्नका लागि विभिन्न २५ वटा भनाईहरुका बारेमा सहभागीहरुको राय बुझिएको थियो ।
शोधकर्ता मध्येका एक युनिभर्सिटी अफ साउथ वेल्सका प्राध्यापक मार्टिक ग्राफका अनुसार सोसल मिडियाको प्रयोग बढ्दै जाँदा यसले हाम्रो मानसिक स्वास्थ्यमा पार्ने प्रभावको विषय सबैको चासोको विषय बनेको बताएका छन् ।
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












