डोटीमा नेपाली अपहरण गर्ने भारतीय प्रहरीलाई सम्मानजनक तरिकाले छाडियो
डोटी, १९ जेठ । नेपाली नागरिकको अपहरण गर्दा पक्राउ परेका भारतीय प्रहरीलाई विना कारबाही छोडिएको छ । दुई देशबीचको सम्बन्धको कुरा भन्दै नेपाली प्रहरीले उनीहरुलाई कुनै कारबाही नगरी भारतको जिम्मा लगाइएको हो । बिनाइजाजत नेपाल आएका भारतीय प्रहरीले धुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका ८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए ।
उनीहरुले आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै नाम्लोले हातखुट्टा बाँध्नुका साथै मुखमा पट्टी लगाएर गाडीमा हाली भारततर्फ लैजाने प्रयास गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि भारतीय टोली पक्राउ परेको थियो । खानतलासीको क्रममा उनीहरु भारतीय प्रहरी अधिकारी डिएसपी नागराजसहित नेतृत्वमा रहेको पुष्टि भएपछि उनीहरुलाई प्रहरीले सम्मानपूर्वक व्यवहार गरेको थियो ।
उनीहरुलाई महाकाली अञ्चल प्रहरी कार्यालयमार्फत भारतीय सीमा प्रहरीको जिम्मा लगाइएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रोमेन्द्र सिंह देउजाले जानकारी दिए । ‘दुई देशको सम्वन्धको पनि कुरा आउँछ,’ उनले भने, ‘भारतीय प्रहरी भएको पुष्टि भइसकेपछि हामीले जताबाट आएका हुन्, उतै पठाइदियौं ।’
कुनै घटनाको अनुसन्धानका लागि भारतीय प्रहरी नेपाल आउन सक्ने भएपनि उनीहरु सूचना नदिएर आएको पाइएको उनले बताए । प्रहरी नायव महानिरीक्षक देउजा भन्छन्, ‘उनीहरुले सूचना नगरेर आएकोमा माफी मागिसकेका छन्, त्यसैले हामीले भारतीय प्रहरीलाई जिम्मा लगाएका छौं ।’ त्योभन्दा अरु कुनै कारवाही गर्ने कानुनी प्रावधान नरहेको देउजा बताउँछन् ।
डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले पनि भारतीय प्रहरीलाई कारबाही नगरिएको पुष्टि गरे । ‘भारतीय प्रहरी हुन भन्ने पुष्टि भयो’ शर्माले भने ‘दुई देशको कुरा भएका कारण हामीले कारवाही गर्न नमिल्ने, माथिको आदेश जस्तो आयो त्यहीअनुसार गरियो ।’
नेपाली नागरिकको अपहरण गर्ने भारतीय प्रहरीलाई बिना कारबाही छोडिएको घटनामाप्रहरी चौतर्फी आलोचना भएको छ । सामाजिक सञ्जाल लगायतमा उनीहरुलाई अपहरण अन्र्तगत कारवाही हुनुपर्नेमा उल्टै सम्मानजनक रिहाई गरिएको भन्दै चर्को आलोचना भएको हो ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











