सिंहदरबार पस्दै प्रधानमन्त्री देउवाले कार्यभार सम्हाले, यस्ता गरे पहिला दुई निर्णय
काठमाडौं, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी सम्हाले लगत्तै दुई निर्णय गरेका छन् । उनले ‘प्रदेश समन्वय समितिको सचिवालय’ प्रधानमन्त्रीको कार्यालयमा राख्ने निर्णय सदर गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ ।
त्यस्तै सदाचारसम्बन्धी नीति बनाउने मस्यौदामा पनि हस्ताक्षर गरेका छन् । नेपालको ४० औँ प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री बनेका हुन् । व्यवस्थापिका संसदमा मंगलबार भएको चुनावमा ३ सय ८८ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन् ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगै सात मन्त्रीहरुले सपथ लिएका छन् । उपप्रधानमन्त्रीमा कांग्रेसका गोपालमान श्रेष्ठले शिक्षा, माओवादी केन्द्रका कृष्णबहादुर महराले परराष्ट्र र नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
चार जना मन्त्रीमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार माओवादी केन्द्रका जनार्दन शर्माले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । माओवादी केन्द्रकै प्रभु शाह बिना विभागीय मन्त्री भएका छन् ।
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...












