सिंहदरबार पस्दै प्रधानमन्त्री देउवाले कार्यभार सम्हाले, यस्ता गरे पहिला दुई निर्णय
काठमाडौं, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी सम्हाले लगत्तै दुई निर्णय गरेका छन् । उनले ‘प्रदेश समन्वय समितिको सचिवालय’ प्रधानमन्त्रीको कार्यालयमा राख्ने निर्णय सदर गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ ।
त्यस्तै सदाचारसम्बन्धी नीति बनाउने मस्यौदामा पनि हस्ताक्षर गरेका छन् । नेपालको ४० औँ प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री बनेका हुन् । व्यवस्थापिका संसदमा मंगलबार भएको चुनावमा ३ सय ८८ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन् ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगै सात मन्त्रीहरुले सपथ लिएका छन् । उपप्रधानमन्त्रीमा कांग्रेसका गोपालमान श्रेष्ठले शिक्षा, माओवादी केन्द्रका कृष्णबहादुर महराले परराष्ट्र र नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
चार जना मन्त्रीमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार माओवादी केन्द्रका जनार्दन शर्माले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । माओवादी केन्द्रकै प्रभु शाह बिना विभागीय मन्त्री भएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












