संसदमा बहुमत गुमेपछि ब्रिटिश प्रधानमन्त्रीले आफ्नै पार्टीका नेताहरुसँग माफी मागिन्
काठमाडौं, ३० जेठ । ब्रिटेनमा प्रधानमन्त्री थेरेसा मेले संसदीय चुनावमा बहुमत गुमेकोमा दुःख व्यक्त गरेकी छन् । आफ्ना कारण बहुमत गुमेको स्वीकार्दै प्रधानमन्त्री थेरेसाले कन्जरभेटिभ पार्टीका नेता र सांसदहरुसँग क्षमायाचना गरेकी छन् । प्रधानमन्त्री थेरेसाले कसैलाई पनि कठिन स्थितीको सामना गर्न नपर्ने बाटो अबलम्बन गर्ने बताएकी छन् ।
उनले आफ्नो इच्छा बमोजिम प्रधानमन्त्री पदमा रहिरहने पनि प्रष्ट पारिन् । बेलायतमा हालै सम्पन्न संसद्को निर्वाचनमा बहुमतका लागि ८ सीट नपुगेपछि थेरेसाले १० सीट रहेको डेमोक्रेटिक युनियनिष्ट पार्टीको सहयोगमा नयाँ सरकार बनाउन लागेकी छिन् । सरकार बनाउने जनादेश आफ्नो दललाई मात्र भएको भन्दै उनले स्थीर सरकार निर्माणमा आफ्नो जोड रहने बताईन् ।
६ सय ५० सदस्यीय हाउस अफ कमन्समा सत्तारुढ कञ्जरभेटिभले ३ सय १८ सिट मात्र जितेको छ । स्पष्ट बहुमतका लागि ३२६ सीट जरुरी पर्नेमा उसलाई ८ सीटको कमी भएको हो । अघिल्लो संसद्मा भन्दा उसले १० सीट गुमाएको छ भने विपक्षी लेबर पार्टीले ३२ सीट थप गर्दै २ सय ६२ सीटमा जितेको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












