परमाणु युद्ध भएमा यस्तो छ अमेरिकी राष्ट्रपति बस्ने बंकर (फोटोसहित)
काठमाडौं, १ असार । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिइरहेका कारण विश्वमा परमाणु युद्धको खतरालाई नकार्न सक्ने अवस्था छैन । विभिन्न मुलुक परमाणु हतियार सम्पन्न छन् । अमेरिका, रुस, चीन, उत्तर कोरियाका अतिरिक्त दक्षिण एसियाली मुलुक भारत र पाकिस्तान पनि परमाणु हतियार सम्पन्न छन् ।
परमाणु युद्धको अवस्था निम्तिएमा आफ्ना राष्ट्रपति लगायत नेताहरुलाई कसरी सुरक्षित राख्ने भन्नेबारे अमेरिकाले विभिन्न विकल्पहरु तयार पारिसकेको छ । परमाणु बमले समेत कुनै असर नगर्ने त्यस्ता बंकरमा बसेर राष्ट्रपति, सेना लगायतले युद्धको रणनीति तयार पार्ने र निगरानी गर्न सक्ने जनाइएको छ । अत्याधुनिक सुविधासम्पन्न ती बंकर निकै योप्य राखिएका छन् ।
अमेरिकाको निर्माण क्षेत्रका विज्ञ गेरेठ ग्राफले न्यूयोर्क पोस्टलाई हालै दिएको एक अन्तरवार्तामा कोलाराडोस्थित एउटा बंकरको बारेमा प्रारम्भिक जानकारी दिएका छन् । उनका अनुसार माउन्टेन कम्प्लेक्समा निर्माण गरिएको सो बंकर सन् १९४८ मै तयार पारिएको हो ।
पहाडको ५० मिटर तल निर्माण गरिएको यो बंकर एक किलोमिटरको दायरामा फैलिएको छ । सो बंकरभित्र परमाणु हतियारदेखि लिएर सेनाको आधुनिक हतियार छ । हाइटेक सुविधा भएको उक्त बंकरमा स्वास्थ्योपचारको सुविधा पनि छ ।
यो बंकरभित्र करिब एक हजार चार सय मानिस कयौं महिनासम्म आरामले बस्ने सक्ने गरी बनाइएको थियो । सन् १९९१ मा यसलाई आधुनिकीकरण गर्दै आवश्यक परेको खण्डमा देशका राष्ट्रपति, नेताहरु र सेनाका उच्च अधिकारीहरुलाई राख्न सक्ने गरी यसको विकास गरिएको छ । हाल यसको क्षमता ५ हजार मानिस राख्न सक्ने गरी विकास गरिएको बताइन्छ ।
यस्तै बंकर भर्जिनियाको पहाडी क्षेत्रमा पनि बनाइएको छ । उक्त बंकरमा पनि राष्ट्रपति, मन्त्रीहरु, सेनाका उच्च अधिकारीहरु राख्न सक्ने गरी व्यवस्था मिलाइएको छ । न्यूयोर्क पोस्ट कै रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ परिसर मै पनि आधुनिक बंकर बनाइएको छ । दोस्रो विश्वयुद्धका क्रममा तत्कालिन राष्ट्रपति फ्रेंकलिन रुजवेल्टले ह्वाइट हाउसमा बंकर बनाउन लगाएका थिए ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












