परमाणु युद्ध भएमा यस्तो छ अमेरिकी राष्ट्रपति बस्ने बंकर (फोटोसहित)
काठमाडौं, १ असार । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिइरहेका कारण विश्वमा परमाणु युद्धको खतरालाई नकार्न सक्ने अवस्था छैन । विभिन्न मुलुक परमाणु हतियार सम्पन्न छन् । अमेरिका, रुस, चीन, उत्तर कोरियाका अतिरिक्त दक्षिण एसियाली मुलुक भारत र पाकिस्तान पनि परमाणु हतियार सम्पन्न छन् ।
परमाणु युद्धको अवस्था निम्तिएमा आफ्ना राष्ट्रपति लगायत नेताहरुलाई कसरी सुरक्षित राख्ने भन्नेबारे अमेरिकाले विभिन्न विकल्पहरु तयार पारिसकेको छ । परमाणु बमले समेत कुनै असर नगर्ने त्यस्ता बंकरमा बसेर राष्ट्रपति, सेना लगायतले युद्धको रणनीति तयार पार्ने र निगरानी गर्न सक्ने जनाइएको छ । अत्याधुनिक सुविधासम्पन्न ती बंकर निकै योप्य राखिएका छन् ।
अमेरिकाको निर्माण क्षेत्रका विज्ञ गेरेठ ग्राफले न्यूयोर्क पोस्टलाई हालै दिएको एक अन्तरवार्तामा कोलाराडोस्थित एउटा बंकरको बारेमा प्रारम्भिक जानकारी दिएका छन् । उनका अनुसार माउन्टेन कम्प्लेक्समा निर्माण गरिएको सो बंकर सन् १९४८ मै तयार पारिएको हो ।
पहाडको ५० मिटर तल निर्माण गरिएको यो बंकर एक किलोमिटरको दायरामा फैलिएको छ । सो बंकरभित्र परमाणु हतियारदेखि लिएर सेनाको आधुनिक हतियार छ । हाइटेक सुविधा भएको उक्त बंकरमा स्वास्थ्योपचारको सुविधा पनि छ ।
यो बंकरभित्र करिब एक हजार चार सय मानिस कयौं महिनासम्म आरामले बस्ने सक्ने गरी बनाइएको थियो । सन् १९९१ मा यसलाई आधुनिकीकरण गर्दै आवश्यक परेको खण्डमा देशका राष्ट्रपति, नेताहरु र सेनाका उच्च अधिकारीहरुलाई राख्न सक्ने गरी यसको विकास गरिएको छ । हाल यसको क्षमता ५ हजार मानिस राख्न सक्ने गरी विकास गरिएको बताइन्छ ।
यस्तै बंकर भर्जिनियाको पहाडी क्षेत्रमा पनि बनाइएको छ । उक्त बंकरमा पनि राष्ट्रपति, मन्त्रीहरु, सेनाका उच्च अधिकारीहरु राख्न सक्ने गरी व्यवस्था मिलाइएको छ । न्यूयोर्क पोस्ट कै रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ परिसर मै पनि आधुनिक बंकर बनाइएको छ । दोस्रो विश्वयुद्धका क्रममा तत्कालिन राष्ट्रपति फ्रेंकलिन रुजवेल्टले ह्वाइट हाउसमा बंकर बनाउन लगाएका थिए ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












