एसईई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
काठमाडौं, २ असार । यो वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शुक्रबार बिहान प्रकाशित भएको नतिजा अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।
यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । नतिजा वेभसाइट, एसएमएस र नेपाल टेलिकमको आइभिआर सेवाबाट सकिने व्यवस्था मिलाईएको छ । परिक्षा नियन्त्रण कार्यालयले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित भएको हो ।
गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी थिए । यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसी भनेर नामकरण गरेको छ ।
नतिजा कसरी हेर्ने ?
नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms पठाउने । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने । यस्तै उज्यालोको sms सेवा see टाइप गरेर सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ ।
शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, आकाश टेक प्रा. ली. www.inheadline.com, नेपाल टेलीकम www.see.ntc.np, पि. एण्ड पि मल्टी मिडिया प्रा.ली. www.edukhabar.com, एनसेल प्रा. ली. www.ncell.axiata.com, वान अप कम्युनिकेशन प्रा. ली. www.meroshikshya.com, कान्तिपुर डिजिटल प्रा.ली. www.ekantipur.com, क्याथ कोडेक्स प्रा. ली. www.educationsansar.com, डिस्कभरी न्युज नेटवर्क प्रा. ली. www.ratopati.com, याक पव्लीकेशन www.khullapati.com, लोकान्तर साप्ताहिक प्रा. ली. www.lokantar.com मा search गरेर website मा पनि हेर्न सकिन्छ ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












