कतारमा रहेका साउदी र युएईका सयौं कम्पनीहरु जोखिममा
असार ५, २०७४ साउदी अरब र संयुक्त अरव इमिरेट्स युएई का नागरिकको लगानीमा कतारमा सञ्चालित कम्तीमा ६ सयभन्दा बढी कम्पनीहरु जेखिममा परेका छन् । साउदी र युएई सरकारले नै ती कम्पनीहरु बन्द गर्न दबाब दिन थालेको कतारबाट प्रकाशित हुने अरबिक दैनिक अरैयाहले जनाएको छ । कतारमा साउदी नागरिकको मात्रै लगानीमा ३ सय ५ र कतारीसँगको साझेदारीमा ३ सय ३ कम्पनी सञ्चालित छन् । यी कम्पनीमा एक सय २३ बिलियन रियाल लगानी भएको मानिएको छ ।
साउदीको नेतृत्वमा छिमेकी देश बहराइन र संयुक्त अरब इमिरेट्स युएईले कतारसँग जुन ५ मा कुटनीतिक सम्बन्ध बिच्छेद गरेपछि ती कम्पनी जोखिममा परेका हुन् । यी देशले आफ्ना नागरिकलाई १४ दिनभित्र कतार छोड्न निर्देशन दिएका थिए । कतारले भने कुनै पनि देशको नागरीकलाई नपठाउने र आफ्नो कामलाई निरन्तरता दिन अनुरोध गरेको छ । साउदीले आफ्ना नागरिकको लगानी रहेका कम्पनीलाई बन्द गर्न दबाब दिएपछि यी कम्पनीहरुको भविष्य संकटमा परेको छ ।
युएई कम्पनीलाई बैंकले समेत ऋण दिन बन्द समेत गरेको छ । युएईका नागरिकको लागनीमा कतारमा कति कम्पनी छन् भन्ने खुलाइएको छैन । ‘यी कम्पनीहरु बन्द गर्नुपर्ने अवस्थाको जोखिममा पुगेका छन्,’ एक ब्यापारीक बिशेषज्ञले भनेका छन्, ‘यो कतार सरकारको कारण होइन, उनीहरुको आफ्नै सरकारले लिएको नीतिको कारणबाट सिर्जित भएको हो ।’ साउदी र युएई नागरीकबाट सञ्चालित कम्पनीहरु वन्दै हुनुपर्ने अवस्था आए ठुलो सख्यामा रहेका नेपालीको रोजगार पनि धरापमा पर्न जानेछ । ‘कम्पनी ब्यबस्थापन निकै तनावमा देखिन्छ,’ साउदी लगानीमा सञ्चालित एक कम्पनीका नेपाली म्यानेजर अरुण पुडासैनीले भने, ‘यो कम्पनीमा ७ सय नेपाली मात्रै काम गर्छन् । मालिक रमजानमा साउदी गएपछि फर्केका छैनन् । यही हुन्छ भनेर अहिले नै भन्न सक्ने स्थिति छैन ।’
कतारी अर्थशास्त्री र अर्थ बिज्ञहरुले कतारको ब्यापारमा निर्भर साउदी र युएईका कम्पनीहरु घाटामा जान थालेको बताएका छन् । ‘जताको कम्पनी वन्द वा घाटामा परे पनि रोजगारी गुमाउने नेपालीले नै हो,’ कतारमा कार्यरत एक नेपाली ब्यबसायले भने, ‘यी देशवीचको कुटनीति संकटले हामीले रोजगारी गुमाउनु पर्ला भन्ने डर भयो ।’ युएई र साउदी लगानी कम्पनीले ती देशका सरकारी दवाव थेग्न नसकेर बन्दै गर्नुपरेमा ठुलो सख्याले रोजगारी गुमाउनुपर्ने उनको बुझाई छ । ‘अरुलाई कम्पनी वेचे त ठिकै हो । हामीलाई असर पर्दैन । वन्दै गर्छन् कि भन्ने चिन्ता छ,’ पुडासैनीले वताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












