नयाँ कपडा नधोईकन कहिल्यै पनि लगाउनुहुँदैन् !
काठमाडौं, ७ असार । पसलबाट नयाँ कपडा किनेर ल्याउनासाथ लगाइहाल्ने धेरैको बानी हुन्छ । नयाँ कपडा आफ्नो लागि ल्याएको होस् या बच्चालाई, कहिल्यै पनि नधोईकन लगाउनु हुँदैन । नयाँ नै लगाउने बानीले शरीरमा छालासम्बन्धी विभिन्न समस्या आउन सक्छन् । कतिपय अवस्थामा कपडा उत्पादन गर्दा प्रयोग गरिने विभिन्न खालका केमिकलले छालामा रियाक्सन गर्नुका साथै इन्फेक्सन पनि हुन सक्छ ।
कुनै पनि डिजाइनको ड्रेसअपमा प्रयोग गरिएको कपडा उत्पादनदेखि सिलाइबुनाइ गर्दासम्म विभिन्न खालका रसायन प्रयोग गरिन्छ । नधोईकन त्यस्ता ड्रेस लगाउँदा शरीरमा असर पुर्याउने सम्भावना हुन्छ ।
कपडा तयार गरिसकेपछि प्याकिङ गर्नुभन्दा अगाडि धोइएको त हुन्छ, तर यस्तो धुलाइ सो पहिरनमा चमक ल्याउनका लागि मात्र गरिएको हुन्छ । जसले गर्दा रसायनहरू नष्ट नहुन पनि सक्छ ।
कपडा बिक्री गर्ने पसल या सोरुममा ल्याउने क्रममा विभिन्न चरण पार गर्दै आएको हुन्छ । यस्ता विभिन्न चरण पार गर्ने क्रममा कपडामा विभिन्न प्रकारका फोहोर तथा हानिकारक तत्व लागेको हुन सक्छ । त्यस्ता तत्व नष्ट गर्नका लागि पनि नयाँ कपडा धुनु फाइदाजनक हुन्छ ।
पसल या सोरुममा राखिएका कुनै पनि ड्रेस जोकोहीले ट्राई गरेको हुन सक्छ । आफूले खरिद गर्नुभन्दा अगाडि अन्य व्यक्तिले ट्राई गरेको ड्रेस नधोई लगाउँदा विभिन्न प्रकारका रोग पनि सर्ने सम्भावना हुन्छ । कुनै पनि प्रकारका छालासम्बन्धी समस्याबाट जोगिनका लागि पसलबाट किनेर ल्याएका नयाँ कपडा धोएर मात्र लगाउनु फाइदाजनक हुन्छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...












