चीनलाई गोप्य जानकारी दिने आरोपमा अमेरिकी कूटनीतिज्ञ पक्राउ
काठमाडौं, ९ असार । चीनलाई गोप्य जानकारी दिएको आरोपमा अमेरिकाका पूर्व कूटनीतिज्ञ पक्राउ परेका छन् । चीनियाँ एजेन्टलाई गोप्य जानकारी उपलब्ध गराएको आरोपमा भर्जिनियामा बस्ने ६० वर्षका केविन मेलरीलाई पक्राउ गरिएको हो । उनी यसै वर्ष मार्च अप्रिलमा सांघाई गएका थिए ।
समाचार एजेन्सी एपीका अनुसार शिकागो एयरपोर्टमा उनीसँग दुई ब्याग पनि भेटियो जसमध्ये एकमा रहेको १६ हजार पाँच सय डलरको स्रोत पनि उनले बताउन सकेनन् । संघीय जासूसी कानूनका अनुसार अब उनले आफ्नो बाँकी जीवन जेलमा बिताउनु पर्ने सम्भावना रहेको छ ।
जब सरकारका लागि उनी काम गरिरहेका थिए तब उनलाई उच्च–स्तरीय क्लियरेन्स दिइएको एफबीआइले पुष्टि गरेको छ । सन् २०१२ मा जब उनले अवकाश लिए तब उनको पहुँच रोकिएको थियो । त्यसपछि उनी नीजि परामर्शदाताको रुपमा काम गर्न थाले ।
गत मे महिनामा एफबीआई एजेन्ट्सलाई आफ्नो मर्जीले दिइएको अन्तर्वार्तामा मेलरीले शांघाईमा उनको चीनियाँ थिंक ट्याङ्क शांघाई एकेडेमी अफ सोसल साइन्सेस (एसएएसएस) का लागि काम गरिरहेको एक व्यक्तिसँग भेट भएको बताएका थिए ।
अमेरिकाको न्याय विभागका अनुसार एफबीआई सन् २०१४ देखि यो मान्यता राख्छ कि चीनियाँ जासूस आफ्नो पहिचान लुकाउनका लागि एसएएसएससँगको आफ्नो संलग्न भएको देखाउने गर्दछ । चीनियाँ मन्दारिना भाषा बोल्न सक्ने मेलरीलाई बिहिबार अदालतमा पेश गरियो र शुक्रबार सुरुवाती सुनुवाईका लागि पुनः पेश गरिनेछ ।
राष्ट्रिय सुरक्षा मामलाका सहायक अटोर्नी जनरल डेना जे बोएंटेले भने, ‘यसमार्फत जनताको विश्वास तोड्ने र देशको सुरक्षालाई खतरा पुर्याउने सोच राख्नेहरुले सन्देशको रुपमा हेर्नुपर्छ ।’
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












