चीनलाई गोप्य जानकारी दिने आरोपमा अमेरिकी कूटनीतिज्ञ पक्राउ
काठमाडौं, ९ असार । चीनलाई गोप्य जानकारी दिएको आरोपमा अमेरिकाका पूर्व कूटनीतिज्ञ पक्राउ परेका छन् । चीनियाँ एजेन्टलाई गोप्य जानकारी उपलब्ध गराएको आरोपमा भर्जिनियामा बस्ने ६० वर्षका केविन मेलरीलाई पक्राउ गरिएको हो । उनी यसै वर्ष मार्च अप्रिलमा सांघाई गएका थिए ।
समाचार एजेन्सी एपीका अनुसार शिकागो एयरपोर्टमा उनीसँग दुई ब्याग पनि भेटियो जसमध्ये एकमा रहेको १६ हजार पाँच सय डलरको स्रोत पनि उनले बताउन सकेनन् । संघीय जासूसी कानूनका अनुसार अब उनले आफ्नो बाँकी जीवन जेलमा बिताउनु पर्ने सम्भावना रहेको छ ।
जब सरकारका लागि उनी काम गरिरहेका थिए तब उनलाई उच्च–स्तरीय क्लियरेन्स दिइएको एफबीआइले पुष्टि गरेको छ । सन् २०१२ मा जब उनले अवकाश लिए तब उनको पहुँच रोकिएको थियो । त्यसपछि उनी नीजि परामर्शदाताको रुपमा काम गर्न थाले ।
गत मे महिनामा एफबीआई एजेन्ट्सलाई आफ्नो मर्जीले दिइएको अन्तर्वार्तामा मेलरीले शांघाईमा उनको चीनियाँ थिंक ट्याङ्क शांघाई एकेडेमी अफ सोसल साइन्सेस (एसएएसएस) का लागि काम गरिरहेको एक व्यक्तिसँग भेट भएको बताएका थिए ।
अमेरिकाको न्याय विभागका अनुसार एफबीआई सन् २०१४ देखि यो मान्यता राख्छ कि चीनियाँ जासूस आफ्नो पहिचान लुकाउनका लागि एसएएसएससँगको आफ्नो संलग्न भएको देखाउने गर्दछ । चीनियाँ मन्दारिना भाषा बोल्न सक्ने मेलरीलाई बिहिबार अदालतमा पेश गरियो र शुक्रबार सुरुवाती सुनुवाईका लागि पुनः पेश गरिनेछ ।
राष्ट्रिय सुरक्षा मामलाका सहायक अटोर्नी जनरल डेना जे बोएंटेले भने, ‘यसमार्फत जनताको विश्वास तोड्ने र देशको सुरक्षालाई खतरा पुर्याउने सोच राख्नेहरुले सन्देशको रुपमा हेर्नुपर्छ ।’
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












