बलात्कारको उजुरी गर्न जाँदा उल्टै प्रहरीद्धारा नै ‘सेक्स प्रस्ताव’
काठमाडौं, ११ असार । बलात्कारको उजुरी गर्न जाँदा उल्टै प्रहरीले सेक्स प्रस्ताव राखेको घटना बाहिरिएको छ । दुई महिना अघि भारतको उत्तर प्रदेशकी एक ३७ वर्षीया एक महिला दुई पुरुषको बलात्कारको शिकार बनिन् । आफ्नै गाउँका दुई पुरुषले बलात्कार गरेको उजुरी प्रहरीकहाँ दिँदा उल्टै प्रहरीले यौन प्रस्ताव राखेको आरोप लगाएकी छन् । जुन घटना अहिले भारतभर निकै चर्चामा रहेको छ ।
आफूमाथि बलात्कार भएको गुनासो गर्दै प्रहरी कार्यालय पुगेकी उनलाई प्रहरी अधिकारी जईप्रकाश सिंहले सेक्स प्रस्ताव गरेका थिए । ‘सिंहले मेरो इच्छा पूरा गरे मात्र यौन दुव्र्यवहारबारे अनुसन्धान हुने बताए,’ उनको भनाइ उद्धृत गर्दै बेलायतको डेली मेलले लेखेको छ ।
गत फेब्रुअरी महिनाको एक साँझ लिफ्ट दिने बहानामा उनलाई ५५ वर्षीय अमिर अहमेद र ४५ वर्षीय सतार अहमेदले बलात्कार गरेका थिए । उनले तत्कालै आफूलाई बलात्कार गर्ने स्थानीय दुई व्यक्तिको नाम दिएरै बारम्बार उजुरी दर्ताको प्रयास गरिन्, तर सिंहले मानेनन्, बरू उनलाई फोन गरेर गोप्य स्थानमा भेट्ने प्रस्ताव गरे । प्रहरीको आचरणलाई लिएर महिलाले गुनासो गर्न थालेपछि सिंहले उजुरी गर्ने म्याद गुज्रिसकेको बताए ।
तर, सिंहले ती महिलालाई फोनबाट दुव्र्यवहार गर्न भने छाडेनन् । सिंहले बारम्बार फोन गरेर महिलालाई भेट गर्न बोलाए । सिंहको व्यवहारबाट आजित भएपछि ती महिलाले ऊसँग भएका वार्तालापलाई रेकर्ड गरी प्रहरी प्रमुखलाई बुझाइन्, तर प्रहरीले विभिन्न बहानामा उनको मुद्दा पन्छायो । अन्ततः प्रहरी अत्याचारका विरुद्ध यसै साता उनी स्थानीय अदालतको ढोका ढकढक्याउन पुगेकी छिन् ।
भारतमा दिनहुँजसो कुनै न कुनै राज्यमा बलात्कारका घटना हुने गर्छन् । सन् २०१५ मा ३४ हजार महिला बलात्कृत भएका थिए । सन् २०१४ मा १५ हजार बालिका बलात्कृत भएका थिए । त्यस्तै, विवाहपछि हुने बलात्कारको तथ्यांक पनि धेरै रहेको बताइन्छ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












