बलात्कारको उजुरी गर्न जाँदा उल्टै प्रहरीद्धारा नै ‘सेक्स प्रस्ताव’
काठमाडौं, ११ असार । बलात्कारको उजुरी गर्न जाँदा उल्टै प्रहरीले सेक्स प्रस्ताव राखेको घटना बाहिरिएको छ । दुई महिना अघि भारतको उत्तर प्रदेशकी एक ३७ वर्षीया एक महिला दुई पुरुषको बलात्कारको शिकार बनिन् । आफ्नै गाउँका दुई पुरुषले बलात्कार गरेको उजुरी प्रहरीकहाँ दिँदा उल्टै प्रहरीले यौन प्रस्ताव राखेको आरोप लगाएकी छन् । जुन घटना अहिले भारतभर निकै चर्चामा रहेको छ ।
आफूमाथि बलात्कार भएको गुनासो गर्दै प्रहरी कार्यालय पुगेकी उनलाई प्रहरी अधिकारी जईप्रकाश सिंहले सेक्स प्रस्ताव गरेका थिए । ‘सिंहले मेरो इच्छा पूरा गरे मात्र यौन दुव्र्यवहारबारे अनुसन्धान हुने बताए,’ उनको भनाइ उद्धृत गर्दै बेलायतको डेली मेलले लेखेको छ ।
गत फेब्रुअरी महिनाको एक साँझ लिफ्ट दिने बहानामा उनलाई ५५ वर्षीय अमिर अहमेद र ४५ वर्षीय सतार अहमेदले बलात्कार गरेका थिए । उनले तत्कालै आफूलाई बलात्कार गर्ने स्थानीय दुई व्यक्तिको नाम दिएरै बारम्बार उजुरी दर्ताको प्रयास गरिन्, तर सिंहले मानेनन्, बरू उनलाई फोन गरेर गोप्य स्थानमा भेट्ने प्रस्ताव गरे । प्रहरीको आचरणलाई लिएर महिलाले गुनासो गर्न थालेपछि सिंहले उजुरी गर्ने म्याद गुज्रिसकेको बताए ।
तर, सिंहले ती महिलालाई फोनबाट दुव्र्यवहार गर्न भने छाडेनन् । सिंहले बारम्बार फोन गरेर महिलालाई भेट गर्न बोलाए । सिंहको व्यवहारबाट आजित भएपछि ती महिलाले ऊसँग भएका वार्तालापलाई रेकर्ड गरी प्रहरी प्रमुखलाई बुझाइन्, तर प्रहरीले विभिन्न बहानामा उनको मुद्दा पन्छायो । अन्ततः प्रहरी अत्याचारका विरुद्ध यसै साता उनी स्थानीय अदालतको ढोका ढकढक्याउन पुगेकी छिन् ।
भारतमा दिनहुँजसो कुनै न कुनै राज्यमा बलात्कारका घटना हुने गर्छन् । सन् २०१५ मा ३४ हजार महिला बलात्कृत भएका थिए । सन् २०१४ मा १५ हजार बालिका बलात्कृत भएका थिए । त्यस्तै, विवाहपछि हुने बलात्कारको तथ्यांक पनि धेरै रहेको बताइन्छ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












