ताजा समाचार

कोलम्बियामा डुंगा दुर्घटना, ९ जनाको शव फेला, कयौं बेपत्ता

काठमाडौं, १२ असार । कोलम्बियामा डुंगा दुर्घटना हुँदा कयौं यात्री बेपत्ता भएका छन् । उत्तरपश्चिम कोलम्बियामा डेढ सयभन्दा बढी यात्रु चढेको डुंगा डुबेको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म ९ जनाको शव फेला परेको छ । डुंगामा सवार यात्रीमध्ये अधिकांश पर्यटक रहेको बताइएको छ ।

उनीहरु कुन–कुन मुलुकका थिए भन्नेबारे प्रष्ट भइसकेको छैन । मेडलिन सहर नजिकै सो दुर्घटना भएको हो । केही यात्रुको भने उद्धार गरिएको छ । उद्धार गरिएका यात्रुको संख्या खुलाइएको छैन । उद्धारका लागि सेनाको हेलिकोप्टरसमेत परिचालन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org