छातीमा काखे छोरी च्यापेर रिक्सा चलाउने पितालाई दैवले खोस्यो, टुहुरी भइन् यी बालिका
काठमाडौं, १५ असार । पत्नी वियोगपछि काखे छोरीको पालनपोषणमा आफूलाई पूर्ण समर्पित गरेका एक पितालाई पनि अन्ततः दैवले खोसेको छ । भारतको राजस्थानस्थित भरतपुर सहरमा रिक्सा चलाएर मजदुरी गर्दै आएका बबलूले सन् २०१२ मा पत्नी वियोग सहनु पर्यो । छोरी जन्मिएको केही समयपछि नै पत्नीको निधन भएपछि छोरीको सम्पूर्ण जिम्मेवारी बबलूकै काँधमा आयो ।
परिवारमा अन्य सदस्य नभएको र दैनिक रिक्सा चलाएर गुजारा गर्नुपर्ने बाध्यताका कारण उनका सामू समस्याको पहाड नै खडा भएको थियो । ‘छोरीमा मैले आफ्नी पत्नीको अंश महसुस गरेँ,’ त्यतिबेला बबलूले संचारकर्मीको जिज्ञासामा भनेका थिए, ‘घरमा रेखरेख गर्ने कोही छैन, त्यसैले छोरीलाई आफूसँगै लिएर रिक्सा चलाउँछु ।’
बीबीसीले बबलूको मार्मिक कथा प्रकाशमा ल्याएपछि सहयोगी हातहरु जुट्न थाले । करिब १८ लाख भारतीय रुपैयाँ उनलाई सहयोगस्वरुप प्राप्त भयो । छोरीको रेखदेखका लागि एउटा समिति नै बन्यो । समितिबाट नै हाल उनको रेखदेख भइरहेको छ ।
तर त्यति मेहनत र स्नेहका साथ हुर्काउने पितालाई भने ती छोरीले गुमाउनु परेको छ । जन्मनासाथ आमा गुमाएकी उनले पाँच वर्षको कलिलो उमेरमा पिता पनि गुमाउनु परेको छ । बबलूको मंगलबार रहस्यमय निधन भएको छ । उनी सुतेकै ठाउँमा मृत पाइएको बताइएको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












