छातीमा काखे छोरी च्यापेर रिक्सा चलाउने पितालाई दैवले खोस्यो, टुहुरी भइन् यी बालिका
काठमाडौं, १५ असार । पत्नी वियोगपछि काखे छोरीको पालनपोषणमा आफूलाई पूर्ण समर्पित गरेका एक पितालाई पनि अन्ततः दैवले खोसेको छ । भारतको राजस्थानस्थित भरतपुर सहरमा रिक्सा चलाएर मजदुरी गर्दै आएका बबलूले सन् २०१२ मा पत्नी वियोग सहनु पर्यो । छोरी जन्मिएको केही समयपछि नै पत्नीको निधन भएपछि छोरीको सम्पूर्ण जिम्मेवारी बबलूकै काँधमा आयो ।
परिवारमा अन्य सदस्य नभएको र दैनिक रिक्सा चलाएर गुजारा गर्नुपर्ने बाध्यताका कारण उनका सामू समस्याको पहाड नै खडा भएको थियो । ‘छोरीमा मैले आफ्नी पत्नीको अंश महसुस गरेँ,’ त्यतिबेला बबलूले संचारकर्मीको जिज्ञासामा भनेका थिए, ‘घरमा रेखरेख गर्ने कोही छैन, त्यसैले छोरीलाई आफूसँगै लिएर रिक्सा चलाउँछु ।’
बीबीसीले बबलूको मार्मिक कथा प्रकाशमा ल्याएपछि सहयोगी हातहरु जुट्न थाले । करिब १८ लाख भारतीय रुपैयाँ उनलाई सहयोगस्वरुप प्राप्त भयो । छोरीको रेखदेखका लागि एउटा समिति नै बन्यो । समितिबाट नै हाल उनको रेखदेख भइरहेको छ ।
तर त्यति मेहनत र स्नेहका साथ हुर्काउने पितालाई भने ती छोरीले गुमाउनु परेको छ । जन्मनासाथ आमा गुमाएकी उनले पाँच वर्षको कलिलो उमेरमा पिता पनि गुमाउनु परेको छ । बबलूको मंगलबार रहस्यमय निधन भएको छ । उनी सुतेकै ठाउँमा मृत पाइएको बताइएको छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












