सिक्किम प्रकरणः बढी निँहु खोजे भारतीय सेना आफूहरुसामु टिक्न नसक्ने चीनको दावी
काठामाडौं, २१ असार । चीनले सिक्किम तनाव समाधान गर्ने जिम्मा अब नयाँ दिल्लीको रहेको बताएको छ । सिक्किममा रहेको भारत र चीनको सीमामा जारी सैन्य तनावमा सम्झौता नगर्ने स्पष्ट पार्दै चीनले यो ‘गम्भीर’ अवस्था समाधान गर्ने जिम्मा दिल्लीको रहेको बताएको हो । भारतका लागि चिनियाँ राजदूत लुओ जाओहुईले मंगलबार जारी तनावबारे प्रतिक्रिया दिँदै ‘बल नयाँ दिल्लीको कोर्टमा रहेको’ बताउँदै अब जारी तनावबारे कस्तो विकल्प रोज्ने जिम्मा भारत सरकारको भएको बताएका हुन् ।
यो तनावले युद्धको अवस्था पनि आउन सक्ने भन्दै चिनियाँ मिडिया र थिंक ट्यांकहरुले दिइरहेको प्रतिक्रियाबारे प्रश्न गर्दा राजदूतले भने, ‘यो र त्यो विकल्पहरुबारे कुराहरु भएका छन् । अब यो भारत सरकारको नीतिको कुरा भयो (सैन्य विकल्प लिने वा नलिने) ।’
उनले चिनियाँ सरकार जारी तनाव शान्तिपूर्ण ढंगबाट समाधान गर्न प्रष्ट रहेको तर यसका लागि भारतीय सेना उक्त क्षेत्रबाट हट्नु आफूहरुको पूर्व शर्त रहेको बताए । ‘भारतीय सैनिक पहिले आफ्नो क्षेत्रमा फर्कनुपर्छ । चीन र भारतबीच कुनै पनि सार्थक वार्ताको लागि यो नै पूर्व शर्त हो,’ उनले भने ।
चीन, भारत र भुटानको त्रिपक्षीय सीमा नजिक डोकालाम क्षेत्रमा चिनियाँ सैनिक बाटो निर्माण गर्न आएपछि पछिल्ला १९ दिनदेखि त्यहाँ तनाव रहेको छ । त्यस क्षेत्रलाई भारतले डोका ला भन्ने गर्छ भने चीनले यस क्षेत्रलाई आफ्नो डोङलाङ क्षेत्र अन्तरगत रहेको दाबी गर्दै आइरहेको छ ।
यता, चीनको पिपल्स लिबरेसन आर्मी (पिएलए) को वेभसाइटमा प्रकाशित एक लेखमा सिक्किममा जारी तनावले सशस्त्र युद्धको रुप लिए भारतीय सेना आफूहरुसामु टिक्न नसक्ने बताइएको छ ।
सैन्य विश्लेषक वाङ देहुवाले सन् १९६७ मा भएको युद्धको स्मरण गराउँदै सो कुरा बताएका हुन् । ‘भारतीय पक्ष पहिला पनि हावी हुन सकेको थिएन । र, अहिले पनि उसले लाभको अवसर पाउने छैन किनभने चिनियाँ सैनिकले पछिल्लो केही दशकमा उल्लेख्य प्रगति गरेको छ,’ उनले लेखेका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












