सिक्किम प्रकरणः बढी निँहु खोजे भारतीय सेना आफूहरुसामु टिक्न नसक्ने चीनको दावी
काठामाडौं, २१ असार । चीनले सिक्किम तनाव समाधान गर्ने जिम्मा अब नयाँ दिल्लीको रहेको बताएको छ । सिक्किममा रहेको भारत र चीनको सीमामा जारी सैन्य तनावमा सम्झौता नगर्ने स्पष्ट पार्दै चीनले यो ‘गम्भीर’ अवस्था समाधान गर्ने जिम्मा दिल्लीको रहेको बताएको हो । भारतका लागि चिनियाँ राजदूत लुओ जाओहुईले मंगलबार जारी तनावबारे प्रतिक्रिया दिँदै ‘बल नयाँ दिल्लीको कोर्टमा रहेको’ बताउँदै अब जारी तनावबारे कस्तो विकल्प रोज्ने जिम्मा भारत सरकारको भएको बताएका हुन् ।
यो तनावले युद्धको अवस्था पनि आउन सक्ने भन्दै चिनियाँ मिडिया र थिंक ट्यांकहरुले दिइरहेको प्रतिक्रियाबारे प्रश्न गर्दा राजदूतले भने, ‘यो र त्यो विकल्पहरुबारे कुराहरु भएका छन् । अब यो भारत सरकारको नीतिको कुरा भयो (सैन्य विकल्प लिने वा नलिने) ।’
उनले चिनियाँ सरकार जारी तनाव शान्तिपूर्ण ढंगबाट समाधान गर्न प्रष्ट रहेको तर यसका लागि भारतीय सेना उक्त क्षेत्रबाट हट्नु आफूहरुको पूर्व शर्त रहेको बताए । ‘भारतीय सैनिक पहिले आफ्नो क्षेत्रमा फर्कनुपर्छ । चीन र भारतबीच कुनै पनि सार्थक वार्ताको लागि यो नै पूर्व शर्त हो,’ उनले भने ।
चीन, भारत र भुटानको त्रिपक्षीय सीमा नजिक डोकालाम क्षेत्रमा चिनियाँ सैनिक बाटो निर्माण गर्न आएपछि पछिल्ला १९ दिनदेखि त्यहाँ तनाव रहेको छ । त्यस क्षेत्रलाई भारतले डोका ला भन्ने गर्छ भने चीनले यस क्षेत्रलाई आफ्नो डोङलाङ क्षेत्र अन्तरगत रहेको दाबी गर्दै आइरहेको छ ।
यता, चीनको पिपल्स लिबरेसन आर्मी (पिएलए) को वेभसाइटमा प्रकाशित एक लेखमा सिक्किममा जारी तनावले सशस्त्र युद्धको रुप लिए भारतीय सेना आफूहरुसामु टिक्न नसक्ने बताइएको छ ।
सैन्य विश्लेषक वाङ देहुवाले सन् १९६७ मा भएको युद्धको स्मरण गराउँदै सो कुरा बताएका हुन् । ‘भारतीय पक्ष पहिला पनि हावी हुन सकेको थिएन । र, अहिले पनि उसले लाभको अवसर पाउने छैन किनभने चिनियाँ सैनिकले पछिल्लो केही दशकमा उल्लेख्य प्रगति गरेको छ,’ उनले लेखेका छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











