प्रधानमन्त्री देउवालाई साझा सवालमा पुर्याउने व्यक्ति अरु कोही नभएर उनकै पत्नी आरजु
काठमाडौं, २१ असार । आईतबार बिबिसीबाट प्रशारित साझा सवाल निकै विवादित बनेको छ । साझा सवालको ५०० सयऔं शृखंलामा प्रधानमन्त्री शेरबहादुर देउवासँगको कार्यक्रम निकै विवादित बनेको हो । साझा सवालमा प्रधानमन्त्री देउवाको उत्तर दिने शैली र प्रश्नकर्ताको प्रधानमन्त्रीलाई प्रश्न गर्ने शैलीप्रति वादविवाद भईरहेको छ ।
साझा सवालमा प्रधानमन्त्री देउवालले दिएको अभिव्यक्ति र प्रस्तुतीलाई लिएर विशेषगरी सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणी भइरहेका छन् । कार्यक्रममा सहभागीले प्रधानमन्त्रीलाई गरेको अपमानपूर्ण व्यवहार र प्रधानमन्त्रीको अनुत्तरदयी जवाफपछि नेपालीबीच विश्वव्यापी रुपमै अहिले प्रधानमन्त्रीलाई उक्त कार्यक्रममा अन्तर्वार्ताका दिनका लागि सल्लाह दिने को होलान भन्ने जिज्ञासा पैदा भएको छ ।
प्राप्त जानकारीअनुसार प्रधानमन्त्रीको अन्वर्तार्ताका लागि साझा सवालले आरजु देउवामार्फत पहल गरेको थियो । आरजुले उहाँ मिडियामा त्यति आउन चाहने मान्छे त होइन, तर म कन्भिन्स गर्छु भनेर बिबिसी साझा सवाललाई वचन दिएकी थिइन् । सोहीअनुरुप समय तोकिएको घटना र बिचार साप्ताहिकमा खबर छ ।
प्रधानमन्त्री देउवाले औपचारिक रुपमा प्रेस सल्लाहकार राखिसकेका छैनन् । तर पनि उनलाई आफू निकट पत्रकारको खाँचो थिएन । तर, साझा सवालमा जाने कि नजाने, केका लागि जाने ? आफ्नो एजेन्डा के हो ? त्यहाँ गएर आफूले के सन्देश दिने भन्नेबारे कसैसँग सल्लाह गरिएको थिएन ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












