अबिरल वर्षाले कञ्चनपुर सदरमुकाम जलमग्न, टहरा बनाएर शिविरमा बसेकाहरु समस्यामा
कञ्चनपुर, २१ असार । अविरल वर्षापछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर जलमग्न भएको छ । मंगलबारदेखि निरन्तर परिरहेको अविरल वर्षापछि सदरमुकाम महेन्द्रनगर जलमग्न भएको हो । मंगलबार रातिदेखि ठूलो वर्षा भइरहेको छ । महेन्द्रनरगको मुख्य बजार, शिक्षण संस्था, अस्पताल रहेका क्षेत्रहरुमा जलमग्न हुँदा सर्वसाधारणलाई असहज भएको छ भने पानी पर्ने क्रम अझै नरोकिएकाले थप जलमग्न हुने देखिएको छ ।
सदरमुकाम क्षेत्रकै मुख्य भागमा जलमग्न भएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठीन भएको छ । जलमग्न भएपछि टहरा बनाएर शिविरमा बसेकाहरुको जनजीवन प्रभावित भएको छ । गहिरो भागमा रहेका घरहरुमा पानी पसेको छ । चुरेबाट बगेर आएको पानीले महेन्द्रनगर सदरमुकाममा जलमग्न बनाएको हो ।
सदरमुकाम क्षेत्रमा पानीको निकास हुने ठाउँ नभएकाले यो क्षेत्र हरेक वर्ष वर्षातको समयमा जलमग्न हुदै आइरहेको छ । वर्षाले ठूलो क्षति नभएको र सामान्य केहि ठाउँमा शिविरमा टहरा बनाएर बसेकाहरुको टहरा भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भीमदत्त नगरपालिका अन्र्तगत वडा नम्बर १८, १५, १३, ६, ४, १ लगायतका ठाउँ बढी जलमग्न भएका छन् । अव्यवस्थित रुपमा घरहरु बनाइएको र पानीको निकास नहुँदा पानी जम्ने गरेको छ ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











