गृहमन्त्री ‘जनार्दन शर्मा’ उपत्यकाबाट गुण्डागर्दी देखि सवारी जाम हटाएर फेरि लोकप्रिय बन्दै
काठमाडौं, २२ असार । उर्जामन्त्रीबाट लोडसेडिङ हटाएर लोकप्रिय बन्दै गृहमन्त्रालय सम्हालेका जनार्दन शर्माले फेरी चर्चामा आउने सुरमा लागेका छन् । उपत्यकाबाट सुरुवात गर्दै देशका विभिन्नस्थानमा लोडसेडिङ हटाएर लोकप्रिय बनेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ऊर्जामन्त्री शर्मा वर्तमान देउवा सरकारमा गृहमन्त्रालयको जिम्मेवारीमा छन् । उर्जाक्षेत्रमा निकै लोकप्रिय कार्य गरेर गृहमा आएका शर्माप्रति जनचाहना निकै बढेको छ । शर्मा पनि जनचाहना तथा कानुनसम्वत रुपमा अगाडी बढ्ने अठोटमा लागेका छन् ।
लोडसेडिङ हटाउँदै प्रचण्ड सरकार र आफ्नो राजनीतिक ‘हाइट’ बढाएका उनै शर्मालाई माओवादी केन्द्रको कार्यालय समिति बैठकले गृहमन्त्रीमा सिफारिस गर्दै गर्दा कसैले पनि विरोध गर्न सकेनन् । त्यसो त त्यसअघिदेखि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मालाई गृहमन्त्री बनाउनुपर्ने तर्कले सामाजिक सञ्जाल ताति नै सकेको थियो ।
लोडसेडिङका कारण अन्धकारयुक्त मुलुकलाई उज्यालोतर्फ डोर्याउन सफल भएपछि जनार्दनप्रति जनताको ठूलो अपेक्षा छ । जनतालाई प्रत्यक्ष रुपमा अनूभुति र फाइदा हुने काम प्राथमिकताका साथ अघि बढाउने उनै मन्त्री शर्माले गृहमन्त्रालयबाट अर्को लोकप्रिय के काम गर्लान ? अहिले जनचासो यसैमा केन्द्रित छ ।
गृहमन्त्रीको रुपमा पदभार ग्रहण गर्दै गर्दा तपाईको कार्ययोजना के छ भनेर सञ्चारकर्मीले सोधिएको प्रश्नमा पनि उनले खुलेर जवाफ दिएनन् । र यत्ति भने, ‘म गृहकार्यमा छु, सिपाहीको समेत सुझाव लिएर प्रहरी संगठनलाई दरो बनाउँछु, बाँकी कुरा कार्ययोजनापछि भनौँला’
त्यसको केही दिनभित्रै शर्माले उपत्यकाबाट व्याप्त जाम हटाउने विषयमा छलफल थाले । सडक नै अस्तव्यस्त हुने गरी दैनिक रुपमा हुने जामका कारण सवारीचालक आजित छन् । र उनीहरुका लागि लोडसेडिङपछि हटाउनुपर्ने विषय जाम नै हो । उनी भन्छन्, ‘अहिले हामी गृहकार्यमा छौँ, पछि भनौँला’
उपत्यकाको अस्तब्यस्त ट्राफिक ब्यवस्थापन सुधार्न पहिले ठूला बस हालेर सानालाई बिस्थापन गर्दै लानुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले छलफलका क्रममा भनेका छन्, ‘सडकसँगै जोडिएका पेट्रोल पम्प विस्थापनका लागि सुचना निकालौं, सार्क सम्मेलन हुँदा निलो जस्ताले बेरेर फोहोर छेक्ने जस्तो प्रवृत्तिको अन्त्य गर्न हामी लागौं ।’
सरोकारवाला निकायहरुको छलफलका क्रममा मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वर पौडेलको संयोजकत्वमा कमिटी बनाएर उपत्यकाको ट्राफिक ब्यवस्थापनमा लाग्न निर्देशन दिएका छन् । तर उपत्यकाबाट जाम हट्लान या नहट्लान त्यो भने हेर्न बाँकी नै छ ।
राजधानीमा व्याप्त गुण्डागर्दी पनि अन्त्य गर्ने उनको योजना रहेको छ । त्यसको लागी उनले सुरक्षा निकायलाई कडा निर्देशन दिएर अगाडी बढिरहेका छन् । उनको पछिल्ला कदमले राजधानी लगायतका क्षेत्रमा रहेका गुण्डाहरु समेत सिथिल वा पलायन भईसकेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












