गृहमन्त्री ‘जनार्दन शर्मा’ उपत्यकाबाट गुण्डागर्दी देखि सवारी जाम हटाएर फेरि लोकप्रिय बन्दै
काठमाडौं, २२ असार । उर्जामन्त्रीबाट लोडसेडिङ हटाएर लोकप्रिय बन्दै गृहमन्त्रालय सम्हालेका जनार्दन शर्माले फेरी चर्चामा आउने सुरमा लागेका छन् । उपत्यकाबाट सुरुवात गर्दै देशका विभिन्नस्थानमा लोडसेडिङ हटाएर लोकप्रिय बनेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ऊर्जामन्त्री शर्मा वर्तमान देउवा सरकारमा गृहमन्त्रालयको जिम्मेवारीमा छन् । उर्जाक्षेत्रमा निकै लोकप्रिय कार्य गरेर गृहमा आएका शर्माप्रति जनचाहना निकै बढेको छ । शर्मा पनि जनचाहना तथा कानुनसम्वत रुपमा अगाडी बढ्ने अठोटमा लागेका छन् ।
लोडसेडिङ हटाउँदै प्रचण्ड सरकार र आफ्नो राजनीतिक ‘हाइट’ बढाएका उनै शर्मालाई माओवादी केन्द्रको कार्यालय समिति बैठकले गृहमन्त्रीमा सिफारिस गर्दै गर्दा कसैले पनि विरोध गर्न सकेनन् । त्यसो त त्यसअघिदेखि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मालाई गृहमन्त्री बनाउनुपर्ने तर्कले सामाजिक सञ्जाल ताति नै सकेको थियो ।
लोडसेडिङका कारण अन्धकारयुक्त मुलुकलाई उज्यालोतर्फ डोर्याउन सफल भएपछि जनार्दनप्रति जनताको ठूलो अपेक्षा छ । जनतालाई प्रत्यक्ष रुपमा अनूभुति र फाइदा हुने काम प्राथमिकताका साथ अघि बढाउने उनै मन्त्री शर्माले गृहमन्त्रालयबाट अर्को लोकप्रिय के काम गर्लान ? अहिले जनचासो यसैमा केन्द्रित छ ।
गृहमन्त्रीको रुपमा पदभार ग्रहण गर्दै गर्दा तपाईको कार्ययोजना के छ भनेर सञ्चारकर्मीले सोधिएको प्रश्नमा पनि उनले खुलेर जवाफ दिएनन् । र यत्ति भने, ‘म गृहकार्यमा छु, सिपाहीको समेत सुझाव लिएर प्रहरी संगठनलाई दरो बनाउँछु, बाँकी कुरा कार्ययोजनापछि भनौँला’
त्यसको केही दिनभित्रै शर्माले उपत्यकाबाट व्याप्त जाम हटाउने विषयमा छलफल थाले । सडक नै अस्तव्यस्त हुने गरी दैनिक रुपमा हुने जामका कारण सवारीचालक आजित छन् । र उनीहरुका लागि लोडसेडिङपछि हटाउनुपर्ने विषय जाम नै हो । उनी भन्छन्, ‘अहिले हामी गृहकार्यमा छौँ, पछि भनौँला’
उपत्यकाको अस्तब्यस्त ट्राफिक ब्यवस्थापन सुधार्न पहिले ठूला बस हालेर सानालाई बिस्थापन गर्दै लानुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले छलफलका क्रममा भनेका छन्, ‘सडकसँगै जोडिएका पेट्रोल पम्प विस्थापनका लागि सुचना निकालौं, सार्क सम्मेलन हुँदा निलो जस्ताले बेरेर फोहोर छेक्ने जस्तो प्रवृत्तिको अन्त्य गर्न हामी लागौं ।’
सरोकारवाला निकायहरुको छलफलका क्रममा मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वर पौडेलको संयोजकत्वमा कमिटी बनाएर उपत्यकाको ट्राफिक ब्यवस्थापनमा लाग्न निर्देशन दिएका छन् । तर उपत्यकाबाट जाम हट्लान या नहट्लान त्यो भने हेर्न बाँकी नै छ ।
राजधानीमा व्याप्त गुण्डागर्दी पनि अन्त्य गर्ने उनको योजना रहेको छ । त्यसको लागी उनले सुरक्षा निकायलाई कडा निर्देशन दिएर अगाडी बढिरहेका छन् । उनको पछिल्ला कदमले राजधानी लगायतका क्षेत्रमा रहेका गुण्डाहरु समेत सिथिल वा पलायन भईसकेका छन् ।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...











