भारतमा सुख्खापहिरोले नदीको बहाव नेपालतर्फ, महाकाली नजिकका बासिन्दा त्रसित
दार्चुला,२३ असार । लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासि बढेको छ । बिहीबार दिउँसो एक्कासि नदीमा पानीको सतह बढेपछि स्थानीय बासिन्दामा त्रास थपिएको छ । विसं २०७० असारको पहिलो साता आएको महाकालीको बाढीलाई झझल्को दिने गरी नदी किनारमा निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काउँदा बङ्गाबगड क्षेत्रका बासिन्दामा बाढी त्रास बढेको स्थानीय बासिन्दाले बताएका छन् ।
महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालेको पक्की तटबन्धको फाउन्डेशन वाल भत्काएर नदीले कटान सुरु गरेको छ । गत कात्तिकमा भारतपट्टी गएको सुख्खापहिरोको कारण नदीको बहाव नेपालतर्फ मोडिँदा तटबन्धको वाल धँसिएको स्थानीय प्रशासनले जनाएको छ ।
तटबन्धको फाउन्डेशन नदीको सतहभन्दा माथि रहेको हुनाले नदीले माटो बगाउँदा पक्की तटबन्धको वाल भत्केको प्राविधिकको भनाइ छ । उक्त क्षेत्रमा पक्की तटबन्धको १० मिटर लम्बाई, पाँच मिटर चौडाई र सात मिटर उचाई जमिनबाट छुट्टिन पुगेको छ ।
नदीले कटान सुरु गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निर्माण व्यवसायी र स्थानीय मिलेर जालीमा ढुङ्गा भरिरहेका छन् । नदीले थप कटान रोक्नका लागि डोजरको प्रयोग गरी ढुङ्गा राख्न सुरु गरिएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












