वायु सेवा निगम डुबाउने खेलमा हवाई माफिया, लिजमा लिने जहाजमा आयात नीति लादियो

काठमाडौं, २३ असार । सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगम डुबाउने खेल सुरु भएको छ । पछिल्ला दिनहरुमा निगम हवाई माफियाको तारो बन्दै गईरहेको छ । हवाई माफियाहरुको एक मात्र उद्देश्य भनेको वायु सेवा निगमलाई डुबाएर नीजि कम्पनीहरुले राज गर्ने । त्यसको लागी हवाई माफियाहरु निरन्तर लागिरहेका छन् । यसको पछिल्लो उदाहरण माफियाको प्रभावमा नियामक नेपाल उड्डयन प्राधिकरणले निगमले लिजमा ल्याउन लागेको भुटान एयरको जहाजमा आयात सम्बन्धि प्रावधान लागु गरेर रोक लगाएको छ ।
निगमसँग रहेको बोइङ ७५७ मर्मतका लागि जानुपर्ने हुँदा आगामी साता देखि जहाज लिजमा लिन खोजेको थियो। निगमले ल्याउन लागेको भुटान एयरको जहाज १५ बर्ष पुगेको छ। यसैमा प्राधिकरणले आयात सम्बन्धि प्रावधान उद्धृत गर्दै रोक लगाएको हो । हवाई उड्डयन नीति २०६३ मा १५ बर्ष पुरानो जहाज आयात गर्न नपाइने प्रावधान उल्लेख रहेको छ।
प्राधिकरणले लिजलाई पनि आयातको रुपमा व्याख्या गरेर भुटान एयर जहाज ल्याउन नपाउने जानकारी निगमलाई दिएको छ। असार ३० गते निगमको बोइङ मर्मतका लागि सिंगापुर जान लागेको हो। त्यसैले ३१ गते देखि भुटान एयरको जहाज लिजमा ल्याउन खोजिएको थियो। दुई वटा एयरबस र एउटा बोइङ मार्फत उडान गरि रहेको निगमले एउटा जहाज अभाव हुने वित्तिकै उडान कटौती गर्नुपर्ने हुन्छ।
सोही कारण भुटान एयरको जहाज लिजमा ल्याउन खोजिएको थियो। जहाज लिजमा लिन निगमले तीन पटक टेन्डर गरेको थियो। अन्तिम टेन्डरमा दुईवटा कम्पनीले आवेदन दिए। त्यसमध्ये भुटान एयर योग्य ठहरिएको थियो।
एउटा जहाज नहुने वित्तिकै दोहा, क्लालालम्पुर, नयाँ दिल्ली, बैंङ्लोर लगायतका गन्तव्यमा उडान स्थगित गर्ने अवस्था आउने निगम स्रोतले जनाएको छ । यी गन्तव्यमा नेपाली कामदार एवं उपचार र अन्य कामले नेपालीले बढी यात्रा गर्छन्। निगमको उडान नहुने वित्तिकै अन्य सेवा प्रदायकले भाडा बढाउन थालि हाल्छन्।
एकातिर भुटान एयरले पनि नेपाल उडानका लागि प्राधिकरणबाट अनुमति पाउन सकेको छैन। अर्कोतिर माफियाहरु पनि कुनै पनि हालतमा उक्त जहाज ल्याउन नदिने मनसायमा रहेका छन् । त्यसको लागी उनीहरुले जस्तोसुकै पनि उपाय अपनाउने रणनीतिमा लागेका छन् । बायु सेवा निगमले त्यसतर्फ ध्यान दिएर समयमै कदम चालेर अगाडी बढेमा उनीहरुको चलखेलबाट बच्न सकिने वायु सेवाविज्ञहरुको भनाई छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












