काठमाडौंपछि पोखरामा पनि हर्न बनाउन नपाईने, साउन १ देखि कडाई गरिने
पोखरा, २३ असार । आगामी साउन १ गतेदेखि पोखरा महानगर पनि हर्न बजाउन निषेध गरिने भएको छ । पोखरालाई हर्न निशेधित क्षेत्र (नो हर्न जोन) बनाउने महानगरको घोषणा सफल बनाउन ट्राफिक प्रहरी कार्यालय कास्कीले एक महिने कार्ययोजना सार्वजनिक गरेको छ ।
हर्न निशेधित क्षेत्र कार्यान्वयन गर्न आफूहरुले साउन महिनाभर एक महिने अभियान चलाइने कास्कीका ट्राफिक प्रहरी ईञ्चार्ज प्रहरी निरिक्षक विश्वराज अधिकारीले जानकारी दिए । अभियान अन्तर्गत असार २८ गतेदेखि १ गतेसम्म प्रेसर हर्न निकाल्न लगाउने र हर्न बजाउन निशेध गरिएको जानकारी सवारी चालकहरुलाई गराइने छ, जसका लागि स्वयमसेवक समेत खटाइनेछ ।
सचेतनामूलक कार्यक्रम अन्तर्गत असार १ गते र्यालीसमेत निकालेर जनचेतना जगाउने काम हुनेछ । साउन २ गते पुनः पोखराका मुख्य चोकहरुमा सचेतनामूल कार्यक्रम गरेर हर्न निशेधित भएको जानकारी गराउँदै उल्लघन नगर्न अन्तिम चेतावनी दिइनेछ ।
साउन १ गतेदेखि पोखरा महानगरलाई हर्न निशेधित क्षेत्र घोषण गरेपनि कारबाही भने ३ गतेदेखि सुरु हुनेछ । २ गतेसम्म सम्झाउने र ३ गतेदेखि कारबाही शुरु गर्ने ट्राफिक ईञ्चार्ज अधिकारीले बताए । उनका अनुसार ३ गतेपछि आकस्मिक र घुमाउरो बाटोबाहेक अन्य बेला हर्न बजाए पहिलो पटकमा पाँच सय जरिवाना गरिनेछ ।
एक पटक कारबाही गरेकाले दोश्रोपटक उलंघन गरे एक हजार र त्यो भन्दा बढी पटक उल्लघन गर्नेलाई एक हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराइने उनले बताए ।कारबाही शुरु गरिएपनि महिनाभरी ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिईने ट्राफिक प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












