१६ बर्षकै उमेरमा विवाह, २० बर्ष नपुग्दै बन्ध्याकरण !
अछाम, २५ असार । साँफेबगर–७ अछामकी थिउरी लोहारको उमेर १९ बर्ष पुग्यो । ‘टिन’ समूहकी उनका दुई सन्तान छन् । २० बर्ष नपुग्दै दुई छोराकी आमा बनेकी उनलाई अब थप सन्तानको रहर छैन् । त्यसैले उनले एक महिनाअघि नेपालगन्ज पुगेर स्थायी बन्ध्याकरण (परिवार नियोजन) गराइन ।
उमेर नपुग्दै सन्तानको रहर पूरा भएका उनी मात्र एक्ली होइनन् । ढकारी गाउँपालिका–१ की भावना जैसीले पनि २२ बर्षको उमेरमै बन्ध्याकरण गराइन् । स्कुल पढ्दा पढ्दै भागेर विवाह गरेकी उनको १६ बर्षको उमेरमै गर्भ रहयो । अहिले उनका दुई छोरा छन् ।
ढकारीकै २३ बर्षीया निर्मला जैसी पनि उनीसँगै बन्ध्याकरण गराउन अस्पताल आएकी थिइन् । ७ कक्षामा पढ्दा पढदै कलिलो उमेरमै उनको विवाह भएको थियो । ‘घरकाले सानैमा विवाह गरिदिए,’ जैसीले भनिन् ‘विवाह गरेको अर्को बर्ष छोरा जन्मियो, सन्तानको रहर पूरा भएपछि अब नजन्माउने सोचले बनध्याकरण गरेकी हुँ ।’
जिल्लामा गत साउनयता उनीहरुकै उमेर समूहका अन्य २१ महिलाले मिनिल्याप गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख छ । ११ महिनको अवधीमा अस्पताल पुगेर परिवार नियोजन गराउनेको संख्या जम्मा २ सय ३३ छ । राजधानी दैनिकमा खबर
छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












