जलवायु परिवर्तन हल्ला मात्र भएको दाबी गर्दै अमेरिका पेरिस सम्झौता गर्न असहमत
काठमाडौं, २५ असार । पेरिस सम्झौतामा अमेरिकाले असहमति जनाएपनि अन्य १९ देशले हस्ताक्षर गरेका छन् । विकसित देशहरुको सम्मेलन जी-ट्वेन्टीमा अमेरिकाका कारण जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा सहमति जुट्न नसकेपछि बाँकी १९ देशले मात्र सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सन् २०१५ मा पेरिसमा भएको सम्झौताप्रति आफ्नो निष्ठा दोहोर्याउँदै १९ देशले त्यसप्रति आफूहरु प्रतिबद्ध रहेको बताए ।तर अमेरिकाले भने त्यसमा सहमति जनाएको छैन । यसले गर्दा जी-ट्वेन्टी सम्मेलन जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता लागु गर्ने विषयमा सहमतिमा पुग्न सकेन । जलवायु परिवर्तन हल्ला मात्रै रहेको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा असहमति जनाएपछि अमेरिका सम्झौताबाट बाहिरिएको छ ।
जर्मनीको ह्यामबर्गमा भएको जी-ट्वेन्टी सम्मेलनको अन्तिम दिन सहमतिमा पुग्ने लामो प्रयास भए पनि सफल हुन सकेन र अन्नतः १९ देशका नेताले पेरिस जलवायु परिवर्तन सम्झौता लागु गर्नेसम्बन्धी प्रतिबद्धता दोहोर्याएका छन् ।
ह्यामबर्ग जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा प्रतिबद्धता जनाउन माग गर्दै प्रदर्शन समेत भएको थियो । सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा पेरिस जलवायु सम्झौताबाट बाहिरिने अमेरिकी निर्णय आफूहरुले स्वीकार गरेको उल्लेख गरिएको छ ।
तर सम्मेलनमा सहभागी नेताहरु पेरिस जलवायु सम्झौता परिवर्तन गर्न नसकिने र विश्वको तापक्रम वृद्धि चुनौतिपूर्ण रहेको स्वीकार गरिएको छ । यस्तै अमेरिकाले अरु देशलाई इन्धनको प्रयोग स्वच्छ रुपले गर्न सहयोग गर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन हल्ला मात्रै रहेको भन्दै अमेरिकामा बन्द अवस्थामा रहेका कोइला खानी फेरि सञ्चालनमा ल्याउने बताइसकेका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












