जलवायु परिवर्तन हल्ला मात्र भएको दाबी गर्दै अमेरिका पेरिस सम्झौता गर्न असहमत
काठमाडौं, २५ असार । पेरिस सम्झौतामा अमेरिकाले असहमति जनाएपनि अन्य १९ देशले हस्ताक्षर गरेका छन् । विकसित देशहरुको सम्मेलन जी-ट्वेन्टीमा अमेरिकाका कारण जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा सहमति जुट्न नसकेपछि बाँकी १९ देशले मात्र सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सन् २०१५ मा पेरिसमा भएको सम्झौताप्रति आफ्नो निष्ठा दोहोर्याउँदै १९ देशले त्यसप्रति आफूहरु प्रतिबद्ध रहेको बताए ।तर अमेरिकाले भने त्यसमा सहमति जनाएको छैन । यसले गर्दा जी-ट्वेन्टी सम्मेलन जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता लागु गर्ने विषयमा सहमतिमा पुग्न सकेन । जलवायु परिवर्तन हल्ला मात्रै रहेको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा असहमति जनाएपछि अमेरिका सम्झौताबाट बाहिरिएको छ ।
जर्मनीको ह्यामबर्गमा भएको जी-ट्वेन्टी सम्मेलनको अन्तिम दिन सहमतिमा पुग्ने लामो प्रयास भए पनि सफल हुन सकेन र अन्नतः १९ देशका नेताले पेरिस जलवायु परिवर्तन सम्झौता लागु गर्नेसम्बन्धी प्रतिबद्धता दोहोर्याएका छन् ।
ह्यामबर्ग जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा प्रतिबद्धता जनाउन माग गर्दै प्रदर्शन समेत भएको थियो । सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा पेरिस जलवायु सम्झौताबाट बाहिरिने अमेरिकी निर्णय आफूहरुले स्वीकार गरेको उल्लेख गरिएको छ ।
तर सम्मेलनमा सहभागी नेताहरु पेरिस जलवायु सम्झौता परिवर्तन गर्न नसकिने र विश्वको तापक्रम वृद्धि चुनौतिपूर्ण रहेको स्वीकार गरिएको छ । यस्तै अमेरिकाले अरु देशलाई इन्धनको प्रयोग स्वच्छ रुपले गर्न सहयोग गर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन हल्ला मात्रै रहेको भन्दै अमेरिकामा बन्द अवस्थामा रहेका कोइला खानी फेरि सञ्चालनमा ल्याउने बताइसकेका छन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












