राष्ट्रपतिलाई जथाभावी गाली गर्ने सुनारलाई कारवाहीको लागि काठमाडौं झिकाईयो
काठमाडौं, ३० असार । राष्ट्रपति विद्यादेबी भण्डारीविरुद्ध जथाभावी लेखेको आरोपमा पक्राउ गरेका सोनुकुमार सुनारलाई काठमाडौं झिकाईएको छ । राष्ट्रपतिको लागी गाडी खरिद प्रकरणसंग जोडेर सामाजिक सञ्जाल फेसबुकमा अपमानजनक स्टाटस लेखेको आरोपमा कपिलवस्तु प्रहरीले पक्राउ गरेको थियो ।
पेशाले पत्रकार रहेका सुनारलाई केन्द्रको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले साइवर अपराधको कानुनी कारवाहीका लागि काठमाडौँ पठाएको हो । सुनारले विभिन्न मितिमा राष्ट्रपति ,प्रधानमन्त्री देखि ठुलापार्टीका नेताहरुका विषयमा लेखेका आपत्तिजनक तुच्छ स्टाटसबाट उनले साइवर अपराध निरन्तर गर्दै आएको पाइएकोले काठमाडौं चलान गरिएको प्रहरी उपरिक्षक भोजजंग शाहले जानकारी दिए ।
यता कपिवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भने साइवर अपराधका विषयमा पहिलोपटक कपिलवस्तुबाट अनुसन्धान शुरु भएको बताए । उनले यस्ता गतिविधिमा संलग्नहरुका बारेमा समयमै प्रशासनलाई जानकारी दिन आग्रह गरेका छन् । पक्राउ परेका सुनारमाथि कडा कारवाहीको माग गर्दै कपिलवस्तुका अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापन पत्र बुझाएका छन् ।
पक्राउ परेका सुनार कपिलवस्तु सदरमुकाम तौलिहवाको रेडियोका प्राविधिक हुन् । उनले आफुलाई सो रेडियोको स्टेशन मेनेजर भनेर फेसबुकमा स्वघोषित रुपमा लेखका थिए । उनले सामाजिक संजालमा राष्ट्रपति भण्डारी विरुद्ध निकै अपमानित शब्द प्रयोग गरेर गालीगलौज गरेका थिए । राष्ट्रपति भण्डारीका लागि खरिद गरिन लागेको नयाँ गाडी प्रकरणमा उनले तुच्छ भाषाको प्रयोग गरेका थिए ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











