सङ्घ, प्रदेश र स्थानीय तहमा ‘भाषा प्रोफाइल’ निर्माण गरिने
काठमाडौं, ३० असार । भाषा आयोगले मुलुकको नयाँ संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा ‘भाषा प्रोफाइल’ निर्माण गर्ने भएको छ ।देशका ७४४ वटै स्थानीय तहमा कुन भाषा प्रचलनमा छ, कुन भाषालाई सम्पर्क भाषा तथा सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सकिन्छ भनेर अनुसन्धान गर्नका लागि सो प्रोफाइल निर्माण गर्न लागिएको छ । प्रारम्भिक अध्ययन तथा अनुसन्धानका साथै छलफल भएको भए पनि सो कार्य आव २०७४र७५ भित्र सम्पन्न गर्ने योजना छ ।
प्रत्येक तहमा स्थानीयवासीको मातृभाषा के छ ? उनीहरुले बोल्ने दोस्रो भाषा कुन हो ? त्यसका आधारमा अध्ययन गरी सरकारलाई आयोगले सिफारिस गर्ने आयोगका अध्यक्ष लवदेव अवस्थीले जानकारी दिनुभयो । आयोगले भाषामा प्रविधिको प्रयोग गरी सङ्कटमा परेका भाषाको संरक्षण गर्ने भाषा समूहको स्थानीय र राष्ट्रिय सञ्जाल निर्माण गर्ने, अन्तर–भाषा अनुवाद प्रविधि विकास गर्ने लक्ष्य राखेको छ ।
आयोगका सचिव रामशरण सापकोटाले भाषा अभिलेखालय र सङ्ग्रहालय विकास गरी भाषाको लिपि, शब्द भण्डार र ब्याकरण निर्माण गर्न आयोगले सरकारी निकाय, विश्वविद्यालय, प्रतिष्ठान, भाषाका वक्ता समुदाय र विज्ञहरुसित छलफल गरिरहेको बताउनुभयो ।
देशका १, ३, ४, ५, ६ र ७ गरी छवटा प्रदेशमा स्थानीय तहदेखि नै छलफल सम्पन्न गरेको आयोगले जनाएको छ । केही हप्ताभित्र प्रदेश नं २ मा पनि यस किसिमको छलफल गरिनेछ । भाषागत तथ्याङ्क सङ्कलन गरी अद्यावधिक गर्ने कार्य सो आयोगको उच्च प्राथमिकतामा रहेको छ । रासस
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












