नैतिकता गुमाएका महान्यायाधिवक्ता रमण श्रेष्ठलाई तत्काल हटाउन देउवामाथि दबाव
काठमाडौं, ३० असार । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलाई तत्काल हटाउन वर्तमान देउवा सरकारमाथि दबाव परेको छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीबाट मुक्त भएको डेढ महिना पुग्न लाग्दा समेत उनले नियुक्त गरेका महान्यायाधिवक्ता श्रेष्ठले कामकाज गरिरहेकै छन् ।
सामान्यतया प्रधानमन्त्रीले पदबाट राजीनामा दिनेविक्तिकै उनका कानुनी सल्लाहकार मानिएका महान्यायाधिवक्ताले समेत राजीनामा दिने गर्दछन् । तर रमणले भने प्रचण्ड र देउवा सरकार दुवैको आफुनै महान्यायाधिवक्ता भएको दावी गर्दै आएका छन् । उनले राजीनामा नदिएपछि काँग्रेस समर्थक वकिलहरुको निकै आलोचना हुँदै आएको छ ।
आलोचकहरुले काँग्रेस समर्थक वकिलहरुसँग महान्यायाधिवक्ता बन्न योग्य वकिल नरहेको बताउँदै आएका छन् । चर्को आलोचना भएपछि काँग्रेस समर्थक वकिलहरुले बल्ल रमणलाई हटाउन देउवामाथि दबाब दिन थालेका हुन् । कांग्रेसआवद्ध बरिष्ठ अधिवक्ताहरुले समेत रमणको राजिनामा किन आएन भनेर देउवामाथि प्रेषर दिईरहेका छन् ।
कांग्रेस समर्थित वकिलहरुको संगठन डेमोक्रेटिक लयर्स एशोसियसनले महान्यायाधिवक्ताको राजिनामा नआएको बारेमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएको छ । चाँडै नै बैठक बसेर औपचारिक रुपमा राजिनामा माग्ने तयारी भइरहेको एक पदाधिकारीले बताए ।
पूर्वअध्यक्ष यदुनाथ खनालले जुन प्रधानमन्त्रीले नियुक्त गरेको हो, उनको बहिर्गमनसँगै महान्यायाधिवक्ताले राजिनामा दिने प्रचलन रहेको बताए । उनले रमण श्रेष्ठले नैतिकता बिर्सिएको आरोप लगाए ।
प्रधानमन्त्रीले राजिनामा नमागेको भनेर उहाँले राजिनामा नदिएको कुरा आएको छ, यो त नैतिकहीन कुरा भयो, उहाँ प्रचण्डजीको कानुनी सल्लाहकार हो, कसरी शेरबहादुर देउवाको पनि सल्लाहकार बन्छु भनेर राजिनामा नदिई बस्न मिल्छ ? खनालले भने ।
महान्यायाधिवक्ता रमण श्रेष्ठले भने आफू प्रचण्ड र शेरबहादुर दुवैको विश्वास जितेर समदूरीमा रहेकाले राजिनामा नदिएको बताएका छन् । काँग्रेस समर्थक वकिलहरुले भने रमण श्रेष्ठले देउवाको पनि कानुनी सल्लाहकार हुन मन भए राजिनामा दिएर पुनः नियुक्ति लिनुपर्ने तर्क गरेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












