देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’
दैलेख, ३ असार । अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो। हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो। सुनसान घर। कोही कसैसँग बोल्दैनन्। आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोजिन्। दुई महिलाले समातेर उनलाई कौसीसम्म ल्याए। खबर
आजको अन्नपूर्णमा छ ।
कपाल मुन्डन गरेका छोरा प्रेमबहादुरले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी बहिनीको घटना सुनाइरहँदा देर्जुकुमारी मुख छोपेर सुँक्सुकाइरहिन्। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, लैनचौरकी २३ वर्षीया तुल्सी शाहीको नौ दिनअघि छाउगोठमै सर्पले टोकेर मृत्यु भएयता देर्जुका आँखा ओभाएका छैनन्।
जेठ ८ गते यही गाउँकी अर्की किशोरीको पनि छाउगोठमै मृत्यु भएको थियो। १४ वर्षीया लालसरा विकले छाउगोठमै सर्पले टोक्दा जीवन त्याग्नुपरेको थियो। तर, यो कुरा बाहिर आएन। तालिमको सिलसिलामा त्यहाँ पुगेका महिला विकास कार्यालयका कर्मचारीले थाहा पाएपछि मुस्किलले लालसराको मृत्युको घटना बाहिर आयो। लालसराको समाचार बन्न नपाउँदै तुल्सीको पनि त्यसैगरी छाउगोठमै ज्यान गयो।
दुई महिनाको अवधिमा दुई किशोरी गुमाइसकेको यो गाउँमा अझै पनि महिनावारी ९छाउ० भएका महिलालाई अमानवीय व्यवहार गरिन्छ। तुल्सीको छाउगोठमै मृत्यु भएको नवौँ रातको १२ बजे गाउँकै एक माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवनाथ योगीको घरमा केही मानिस अत्तालिँदै आए। उनीहरू मोटरसाइकल माग्दै थिए। गाउँमै मोटरसाइकल भएको घर योगीको मात्रै हो। अर्की एक किशोरीलाई सर्पले टोक्यो भनेर अत्तालिएका गाउँलेलाई योगीले मोटरसाइकल दिएर पठाए। तर, बुझ्दै जाँदा १४ वर्षीया ती किशोरीको गालामा किराले टोकेको रहेछ। बिहान पुग्दा चिसो भुइँमा दुईवटा बोरा ओछ्याएर घरमुनिको ‘छाउगोठ’ मा उनी रुन्चे अनुहारमा बसिरहेकी थिइन्।
करोडौं खर्चिएर विभिन्न गैरसरकारी संस्थाले दैलेखमा साविकका आठवटा गाविसलाई छाउपडीमुक्त घोषणा गरेका थिए। तर, अवस्था अहिले पनि उस्तै छ। त्यो बेला पुलिस पनि साथ थियो, एनजिओको पैसा थियो, कैयौं छाउगोठ अभियन्ताले नै भत्काए। तर, अभियानका बेला गाउँका छाउगोठ मात्रै भत्किए, गाउँलेको सोच भत्किन सकेन। अहिले गाउँमा सबैको घरमा ‘छाइछुइ’ उस्तै छ। चाहे शिक्षित होस् वा अशिक्षित।
दैलेखका धेरैजसो छाउप्रथा भएका गाउँमा अहिले छुट्टै छाउगोठ छैनन्। तर, प्रत्येक घरमा अहिले पनि महिला रजस्वला भएपछि गाई र भैंसीसँगै सुत्न बाध्य छन्। ‘छाउ’ भएका महिला गाईभैसीसँगै सुत्छन् तर उनीहरूले त्यसको दूध–दही खान पाउँदैनन्। गाउँले भन्छन्, ‘देउता रिसाउँछन्, घरमा नराम्रो हुन्छ।’
रोपाइँको मेलो सकेर फर्किरहेका महिलालाई शिक्षक भुवन शाही जिस्क्याउँदै थिए, ‘पाखा सर्या हौला, नछुए है..!’अनि बर्सादी (पानी छेक्ने प्लास्टिक) ओढेकी कोकिला विकले भनिन्, ‘छुन्नम छुन्नम्, तीन दिन त भो, गोठमै सुतिराछम्।’ फेरि शिक्षक शाहीले सम्झाए, ‘पशुसँग सुतेर नि देउता खुसी हुन्छन्रु अस्ति तुल्सीलाई साँपले टोकेर मरेको बिस्र्यौरु’अर्की महिला जंगिइन्, ‘त्यस्तो भनेर हुन्छ, मरे नि मरिन्छ तर देउतालाई रिसाउन दिनुहुन्न।’ अनि उनी आफैँले कहानी सुनाइन्, ‘केही वर्षपहिला रजस्वला भएको बेला घरमा खाना बनाएँ तर खान दिने बेला मेरो मुन्टो बांगियो।
अनि धामीझाँक्रीले झारफुक गरेर सोझ्याइदिए।’ घरमा कोही नभएपछि पाखा सरे पनि उनले बाहिरै खाना बनाएकी थिइन् रे ! ‘अनि देउता रिसाका रै’छन्, छाउ हुँदा भान्सा छोएपछि मरे पनि मरिन्छ। यो त बार्ने नै हो, देउता रिसाउन हुन्न’, विकले भनिन्।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











