सेती नदीमा नुहाउने क्रममा २ युवतीसहित तीन जना बेपत्ता, उद्धार कार्य जारी
पोखरा, ३ असार । नुहाउने क्रममा सेती नदीमा आएको बाढीले बगाउँदा ३ जना बेपत्ता भएका छन् । सोमबार दिउँसोकै घटना भएपनि प्रहरीले भने साँझमात्र थाहा पाएको थियो । पोखर-लेखनाथ महानगरपालिका-३३ पशुपतीघाटमा नुहाउने क्रममा बगेर सोमबार २ युवतीसहित ३ जना बेपत्ता भएका हुन् ।
सोमबार अपराहृन करीब साढे ३ बजे नुहाउने क्रममा एक्कासी बढेको बाढीले बगाउँदा साविक ताप्रे-७ दाङ घर भई हाल पशुपतीघाटमा मजदुरी गर्दै आएका १८ वर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार बेपत्ता भएका हुन् । नुहाउन नदीमा पसेको केही समयमा नै उनीहरुलाई बगाएपनि प्रहरीलाई साँझ ६ बजेमात्रै खबर आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गर्मी छल्न भन्दै उनीहरु सेती नदीमा पसेका थिए । सुरुमा नदीमा पसेकी संगीता बगेपछि बचाउन गएका सुनीललाई पनि बगाएको र उनलाई बचाउन गएकी ध्वनीलाई पनि नदीले बगाएको प्रत्यक्षदर्शी तथा संगै नुहाउन गएका गोम्छेले बताएका छन् ।
उनले बगाएको धेरै सयमसम्म पौडेर बाहिर निस्कने आशा गर्दै बसेको तर करीब २ घण्टासम्म पनि बाहिर ननिस्केपछि अन्यलाई जानकारी गराएको र प्रहरीलाई खबर गरेको बताए । प्रहरीले बगेका ३ जनाको खोजी गरेपनि अहिले सम्म फेला पार्न सकेको छैन् । आज विहानैबाट गोताखोरसहितको टोलीले खोजी गर्ने कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











