एमालेले निर्वाचित जनप्रतिनिधिका लागि ल्यायो यस्तो योजना, साउनभर प्रशिक्षण दिने
काठमाडौं, ३ साउन । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको हो । एमालेले ६ वटै प्रदेशबाट निर्वाचित भएका जनप्रतिनिधिलाई साउन महिनाभर प्रशिक्षण दिने भएको हो ।
स्थानीय कमिटी बैठकले जनप्रतिनिधिलाई तालिम निर्णय गरे लगत्तै केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणको मिति र विषयवस्तु तय समेत गरेको छ । मंगलबार केन्द्रीय कार्यालयमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले अभिमूखिकरण कार्यक्रम तय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
एमालेले जनप्रतिनिधिलाई तालिम प्रदेश नम्बर ७ बाट शुरु गर्ने भएको छ । प्रदेश नम्बर १ मा साउन २३ र २४, प्रदेश नम्बर ३ मा साउन २७ र २८, प्रदेश नम्बर ४ मा साउन २७ र २८, प्रदेश नम्बर ५ मा साउन १० र ११ गते, प्रदेश नम्बर ६ मा साउन २९ र ३० गते र प्रदेश नम्बर ७ मा साउन ७ र ८ गते अभियमूखीकण कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ ।
सबै कार्यक्रमको व्यवस्थापन सम्बन्धित प्रदेश कमिटीहरुले गर्ने भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अभिमूखिकरण कार्यक्रममा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् । तर, प्रमुख नजितेका ठाउँबाट उपप्रमुख र बष्ठितम वडाध्यक्षलाई सहभागी गराइने छ । प्रमुख र उपप्रमुख नजितेका स्थानीय तहबाट दुई वडाध्यक्ष सहभागी हुनेछ ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्षहरु, स्थानीय निकाय बिभागका प्रमुखहरु, पार्टीका जिल्ला इन्चार्जहरु र सम्बन्धित प्रदेशका सांसदहरु समेत सहभागी हुनेछन् । अभिमूखीकरण कार्यक्रममा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्धलगायत राजनीतिक दायित्वहरूका बारेमा विषय विज्ञसहित पार्टी नेताहरूले प्रशिक्षण दिने एमालेले जनाएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












