एमालेले निर्वाचित जनप्रतिनिधिका लागि ल्यायो यस्तो योजना, साउनभर प्रशिक्षण दिने
काठमाडौं, ३ साउन । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको हो । एमालेले ६ वटै प्रदेशबाट निर्वाचित भएका जनप्रतिनिधिलाई साउन महिनाभर प्रशिक्षण दिने भएको हो ।
स्थानीय कमिटी बैठकले जनप्रतिनिधिलाई तालिम निर्णय गरे लगत्तै केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणको मिति र विषयवस्तु तय समेत गरेको छ । मंगलबार केन्द्रीय कार्यालयमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले अभिमूखिकरण कार्यक्रम तय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
एमालेले जनप्रतिनिधिलाई तालिम प्रदेश नम्बर ७ बाट शुरु गर्ने भएको छ । प्रदेश नम्बर १ मा साउन २३ र २४, प्रदेश नम्बर ३ मा साउन २७ र २८, प्रदेश नम्बर ४ मा साउन २७ र २८, प्रदेश नम्बर ५ मा साउन १० र ११ गते, प्रदेश नम्बर ६ मा साउन २९ र ३० गते र प्रदेश नम्बर ७ मा साउन ७ र ८ गते अभियमूखीकण कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ ।
सबै कार्यक्रमको व्यवस्थापन सम्बन्धित प्रदेश कमिटीहरुले गर्ने भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अभिमूखिकरण कार्यक्रममा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् । तर, प्रमुख नजितेका ठाउँबाट उपप्रमुख र बष्ठितम वडाध्यक्षलाई सहभागी गराइने छ । प्रमुख र उपप्रमुख नजितेका स्थानीय तहबाट दुई वडाध्यक्ष सहभागी हुनेछ ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्षहरु, स्थानीय निकाय बिभागका प्रमुखहरु, पार्टीका जिल्ला इन्चार्जहरु र सम्बन्धित प्रदेशका सांसदहरु समेत सहभागी हुनेछन् । अभिमूखीकरण कार्यक्रममा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्धलगायत राजनीतिक दायित्वहरूका बारेमा विषय विज्ञसहित पार्टी नेताहरूले प्रशिक्षण दिने एमालेले जनाएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












