दार्जिलिङमा फेरी एक गोर्खाल्याण्ड पक्षक्षरको गोली हानी हत्या, मारिनेको संख्या ८ पुग्यो
दार्जिलिङ, ३ साउन । गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या ८ पुगेको छ । सोमबार राति भारतीय अर्धसैनिक बल (सिआरपीएफ) को गोली लागेर पश्चिम बंगालको नेपाल-भारत सीमावर्ती मिरिक बजारमा गोर्खाल्याण्ड पक्षधर एक जनाको ज्यान गएको छ । योसँगै गोर्खाल्याण्ड आन्दोलनमा मारिने संख्या ८ पुगेको हो ।
गोर्खाल्याण्डको पक्षधर गोर्खा जनमुक्ति मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ताबीच झडप हुन खोज्दा सिआरपीएफले चलाएको गोलीबाट मिरिकको मकरजुङ गाउँका ४५ बर्षीय आशिष तामाङको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा पाँच जना भन्दा बढी घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि झापाको विर्तामोडस्थित विएन्डसी शिक्षण अस्तपाल ल्याईएको छ ।
सोमबार दार्जीलिङको मिरिकमा खुकुरी प्रहार गरी गम्भीर घाइते मिरिककै ३८ बर्षीय आनन्द तामाङको गम्भीर अवस्थामा विर्तामोडको विएन्डसी शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालका जनरल सर्जन डा. रोहितकुमार यादवले जानकारी दिए । तामाङको घाँटी र दाहिने हातमा खुकुरी प्रहार गरेको गम्भीर चोट लागेको छ । अस्पतालका चिकित्सकहरु डा. बासु बाँस्कोटा र डा. सन्दीप अधिकारी नेतृत्वको टोलीले सोमबार राति नै विरामीको शल्यक्रिया गरेको थियो । गम्भीर घाइते तामाङ सीमा बजार पशुपतिनगरका केही सर्वसाधारणले उद्धार गरी विर्तामोड ल्याएका थिए ।
पश्चिम बंगालको सत्तारुढ त्रिणमूल कंग्रेसका कार्यकर्ता र गोर्खाल्याण्ड पक्षधरवीच सोमबार साँझ त्यहाँ झडप भएको थियो । दिउँसो मिरिक नगरपालिका वडा नम्बर ५ कृष्ण नगरको प्रहरी बुथमा अज्ञात समूहले आगजनी गरेपछि मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडपको अवस्था सिर्जना भएको थियो ।
दुवै समूहले एक अर्कालाई आगजनीको आरोप लगाएका थिए । साँझ आगजनीको विरोधमा गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटिमा आवद्ध दलका कार्यकर्ताले निकालेको र्यालीमा सहभागी र तृणमुल कांग्रेसका कार्यकर्ताबीच झडप हुन लागेपछि शुरक्षाकर्मीले हस्तक्षेप गर्दा गोली चलाएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनापछि मिरिकमा शुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि शुरक्षाकर्मीको गोलीबाट ७ जना सर्वसाधारणको ज्यान गईसकेको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












