दार्जिलिङमा फेरी एक गोर्खाल्याण्ड पक्षक्षरको गोली हानी हत्या, मारिनेको संख्या ८ पुग्यो
दार्जिलिङ, ३ साउन । गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या ८ पुगेको छ । सोमबार राति भारतीय अर्धसैनिक बल (सिआरपीएफ) को गोली लागेर पश्चिम बंगालको नेपाल-भारत सीमावर्ती मिरिक बजारमा गोर्खाल्याण्ड पक्षधर एक जनाको ज्यान गएको छ । योसँगै गोर्खाल्याण्ड आन्दोलनमा मारिने संख्या ८ पुगेको हो ।
गोर्खाल्याण्डको पक्षधर गोर्खा जनमुक्ति मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ताबीच झडप हुन खोज्दा सिआरपीएफले चलाएको गोलीबाट मिरिकको मकरजुङ गाउँका ४५ बर्षीय आशिष तामाङको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा पाँच जना भन्दा बढी घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि झापाको विर्तामोडस्थित विएन्डसी शिक्षण अस्तपाल ल्याईएको छ ।
सोमबार दार्जीलिङको मिरिकमा खुकुरी प्रहार गरी गम्भीर घाइते मिरिककै ३८ बर्षीय आनन्द तामाङको गम्भीर अवस्थामा विर्तामोडको विएन्डसी शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालका जनरल सर्जन डा. रोहितकुमार यादवले जानकारी दिए । तामाङको घाँटी र दाहिने हातमा खुकुरी प्रहार गरेको गम्भीर चोट लागेको छ । अस्पतालका चिकित्सकहरु डा. बासु बाँस्कोटा र डा. सन्दीप अधिकारी नेतृत्वको टोलीले सोमबार राति नै विरामीको शल्यक्रिया गरेको थियो । गम्भीर घाइते तामाङ सीमा बजार पशुपतिनगरका केही सर्वसाधारणले उद्धार गरी विर्तामोड ल्याएका थिए ।
पश्चिम बंगालको सत्तारुढ त्रिणमूल कंग्रेसका कार्यकर्ता र गोर्खाल्याण्ड पक्षधरवीच सोमबार साँझ त्यहाँ झडप भएको थियो । दिउँसो मिरिक नगरपालिका वडा नम्बर ५ कृष्ण नगरको प्रहरी बुथमा अज्ञात समूहले आगजनी गरेपछि मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडपको अवस्था सिर्जना भएको थियो ।
दुवै समूहले एक अर्कालाई आगजनीको आरोप लगाएका थिए । साँझ आगजनीको विरोधमा गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटिमा आवद्ध दलका कार्यकर्ताले निकालेको र्यालीमा सहभागी र तृणमुल कांग्रेसका कार्यकर्ताबीच झडप हुन लागेपछि शुरक्षाकर्मीले हस्तक्षेप गर्दा गोली चलाएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनापछि मिरिकमा शुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि शुरक्षाकर्मीको गोलीबाट ७ जना सर्वसाधारणको ज्यान गईसकेको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












