भारतको प्रस्ताव नेपालद्वारा सिधै अस्वीकार, अब भारत पर्यो ठूलो आपतमा ?
काठमाडौं, ४ साउन । दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो ।
यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो । “भारतले राखेको प्रस्ताव सकारात्मक भए पनि अहिले यो नेपालले धान्न नसक्ने भएकोले अस्वीकार गरेका हौं,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखा प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले भने ।
भारतसँग उडान गर्न खुला आकास नीतिजस्तै साताको ३० हजार सिट क्षमता उपलब्ध छ । “हामीले नेपालको पूर्वाधार तयार नभइसकेकाले अहिले यो विषयमा सहमति दिननसक्ने जानकारी गराएका छौं,” लामिछानेले भने ।
युरोपमा खुला आकास नीति सफल भए पनि अन्य क्षेत्रमा खासै सफल नभएको लामिछानेले बताए । युरोपमा एउटै मुद्रा तथा संस्कृति, भाषा समेत प्रायः मिल्ने भएकोले युरोपमा जस्तो दक्षिण एसियामा नहुने लामिछानेको तर्क छ । हाम्रो क्षेत्रमा एउटै मुद्रा चलाउने हो भने यस्ता विषयहरू सहज हुने लामिछानेको भनाइ छ ।
भारत, नेपाल, भुटान, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान, बंगलादेश, श्रीलंकामा एक देशबाट अर्को देशमा उडान गर्न कुनै पनि अनुमति लिनु नपर्नेगरी भारतले खुला आकास नीतिको प्रस्ताव गरेको हो ।
नेपालको सबैभन्दा मुख्य समस्या नै कमजोर पूर्वाधार निर्माण रहेकोले पनि खुला आकास नीति तत्काल लागू गर्न नसक्ने अवस्था छ । नेपालमा एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । अहिले नै विमानस्थलले चाप थेग्न नसकेकाले खुला आकास नीति लिन नसक्ने भएको हो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












