भारतको प्रस्ताव नेपालद्वारा सिधै अस्वीकार, अब भारत पर्यो ठूलो आपतमा ?
काठमाडौं, ४ साउन । दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो ।
यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो । “भारतले राखेको प्रस्ताव सकारात्मक भए पनि अहिले यो नेपालले धान्न नसक्ने भएकोले अस्वीकार गरेका हौं,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखा प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले भने ।
भारतसँग उडान गर्न खुला आकास नीतिजस्तै साताको ३० हजार सिट क्षमता उपलब्ध छ । “हामीले नेपालको पूर्वाधार तयार नभइसकेकाले अहिले यो विषयमा सहमति दिननसक्ने जानकारी गराएका छौं,” लामिछानेले भने ।
युरोपमा खुला आकास नीति सफल भए पनि अन्य क्षेत्रमा खासै सफल नभएको लामिछानेले बताए । युरोपमा एउटै मुद्रा तथा संस्कृति, भाषा समेत प्रायः मिल्ने भएकोले युरोपमा जस्तो दक्षिण एसियामा नहुने लामिछानेको तर्क छ । हाम्रो क्षेत्रमा एउटै मुद्रा चलाउने हो भने यस्ता विषयहरू सहज हुने लामिछानेको भनाइ छ ।
भारत, नेपाल, भुटान, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान, बंगलादेश, श्रीलंकामा एक देशबाट अर्को देशमा उडान गर्न कुनै पनि अनुमति लिनु नपर्नेगरी भारतले खुला आकास नीतिको प्रस्ताव गरेको हो ।
नेपालको सबैभन्दा मुख्य समस्या नै कमजोर पूर्वाधार निर्माण रहेकोले पनि खुला आकास नीति तत्काल लागू गर्न नसक्ने अवस्था छ । नेपालमा एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । अहिले नै विमानस्थलले चाप थेग्न नसकेकाले खुला आकास नीति लिन नसक्ने भएको हो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












