चोरी गाडी दर्ता गराउने यातायताका निमित्त प्रमुखसहित ७ कर्मचारी निलम्बित

कञ्चनपुर, ६ साउन । यातायात ब्यवस्था कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुखसहित सात जना कर्मचारी निलम्बित भएका छन् । भारतबाट चोरीपैठारी गरी ल्याएका १९ थान सवारीसाधन यातायात कार्यालय महाकालीमा दर्ता गरे सञ्चालन गर्न अभियोगमा कर्मचारीहरुलाई निलम्बन गरिएको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंह, मेकानिकल ईन्जिनिय दीपक थापा, नायकसुब्बहरु नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेश भट्ट निलम्बन गरेको हो ।
निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह घरेलु तथा साना उद्योग कार्यालयबाट ५ महिना अघि मात्रै यातायात कार्यालयमा काज सरुवा हुनुभएको थियो । कार्यालय प्रमुख बाशुदेव रेग्मी काज सरुवा भएर पुतलीबजार नगरपालिका स्याङ्गजामा गएपछि सिंहले ३ महिनाअघि मात्रै निमित्त कार्यालयको प्रमुखको जिम्मेवारी पाउनुभएको थियो । उहाँ अहिले शाखा अधिकृत हुनुहुन्छ ।
कञ्चनपुर प्रहरीले नक्कली कागजात बनाई चोरीका गाडी नेपालमा किनबेच गर्दै आएको गिरोहलाई एकसाता अघि पक्राउ गरेपछि भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिने काममा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरु नै संलग्न रहेको पाईएपछि अनुसन्धानका लागि विभागले उनीहरुलाई निलम्बन गरेको हो । यातायात व्यवस्था कार्यालय सेती अञ्चल कार्यालयमा समेत केही सवारी दर्ता भएपनि त्यहाँका कर्मचारीहरुलाई भने कुनै कारबाही गरिएको छैन् ।
Comments
अरु समाचार
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...












